दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीले प्रदर्शन गरेका छन् । नेपाल च्याम्पियन तथा फिडे मास्टर रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड मोहमद अब्दुल मलिकलाई हराए । निकै राम्रो खेलेका रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निराश पारे ।