भक्तपुरको मध्यपुर थिमिमा जेठानसँग ज्वाइँ पराजित (अन्तिम नतिजासहित)

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जेठानले ज्वाइँलाई हराएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जेठान सुरेन्द्र श्रेष्ठले एमालेबाट उम्मेदवारी दिएका बहिनी ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतान्तरले हराएका हुन् ।

सम्बन्धित सामग्री

मध्यपुर थिमिको मेयरमा ज्वाइँ र जेठानमध्ये कसले मार्ला बाजी ?

स्थानीय तहको निर्वाचन आउन ७ दिन बाँकी छ । राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।यो नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । मेयरका प्रतिस्पर्धी यी दुईबीच पारिवारिक नाता पनि छ । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् ।चुनावी अंकगणित यस्तो छयो पटक मध्यपु्रको चुनावी नजिता रोचक हुने स्था

मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ज्वाइँ–जेठान एउटै पदमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक फरक पार्टीबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन् भने नेपाली कांग्रेसका सत्ता गठबन्धनको साझा प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् भने मदनसुन्दर सुरेन्द्रकी […]