स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न माग

एक पटक विदेश गएर फर्किएपछि पुनः विदेश जानु नपर्ने वातावरण बनाउन आग्रह गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाले नपालमै बसेर विभिन्न आयमूलक काम गर्न इच्छुक भएकाले त्यो वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका हुन्। ‘परदेशको पसिना : कसरी लिने प्रतिफल ?’ विषयमा केन्द्रित रहेर बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले यस्तो आग्रह गरेका हुन्। मैले गरेको लगानी डुब्दैन भन्ने वातावरण नेपालमै बनाइदिने अवस्था भएमा विभिन्न रोजगारीका कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव युवाको छ।

सम्बन्धित सामग्री

नक्कली कागजात बनाएर विदेश पठाउने मेनपावरलाई कारबाही होस् : जयन्ती राई (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले मेनपावरहरूले मनपरी ढंगले विदेश पठाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एसकी सांसद राईले नक्कली कागजपत्र बनाएर मनपरी गरिरहेका त्यस्ता व्यवसायी संस्थामाथि कारबाहीको माग गरिन् । नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सांसद राईको जोड छ । उनले […]

फर्जी कागज बनाएर विदेश पठाइँदा पनि सरकार मौन : सांसद राई

काठमाडौँ : राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाउँदा सरकार मौन भएको बताएकी छन्।आइतवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले श्रमिकलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्न माग गरिन्। उनले नक्कली कागजपत्र बनाएर वैदेशिक रोजगार व्यावसायिक संस्थाले मनपरी गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।उनले नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने व

भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले चिकित्सकहरुलाई  सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ।

“जीतेपछि उम्मेदवारले सात तलामाथिबाटै चिन्दिन भन्छन्’’

काठमाडौँ, ३० वैशाख । “भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले  जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्”, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भनिन् ।  काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी ७७ वर्षीया उनले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई  जीतेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिइन ।  जीत जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झै गर्छन् त्यसैगरी विकासको काममा   जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोस पनि व्यक्त गरिन् । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उनको गुनासो थियो ।  जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था  गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिएहुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाइन । वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गरिन । “मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उनले भनिन्।  वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौँ सहरको फोहर दीर्घकालिनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याएहुन्थ्यो,  जसले जीते पनि नगरवासीको फाइदाका लागि  काम गर्नुस् उहाँले शुभकामना दिँदै भनिन् । यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भन्नुभयो, “नेताको व्यवहार निर्वाचनअघिकै  झैँ भए नगरको मुहार फेरिथ्यो ।”  मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि  चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उनले सो कुरा बताएकी हुन । विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि निर्वाचनअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् । स्थानीय तहको  निर्वाचनका लागि कामपामा १५६ मतदानस्थल र ३६३ केन्द्र निर्धारण गरिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । काठमाडौँमा शान्तिपूर्ण मतदान  स्थानीय तहका लागि आज बिहानदेखि सुरु भएको मतदान काठमाडौँमा शान्तिपूर्णरुपमा अगाडि बढिरहेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आज बिहान ८ बजे मतदान गरिसकेकी छन् । अन्य मतदाता पनि मतदान गर्नका लागि लामबद्ध भएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका केशव स्थापितले वडा नं २८को बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् ।  । उक्त मतदान केन्द्रमा पनि शान्तिपूर्णरुपमा मतदान जारी छ ।  यी दुई केन्द्रका साथै अन्य मतदान केन्द्रमा पनि मतदाताले लामबद्ध भएर जनप्रतिनिधि छान्ने तयारीमा रहेका छन् ।  यसअघि नै मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन आज पानी पर्ने पूर्वसङ्केत गरेकाले मतदाताले हातमा छाता बोकेर मतदान केन्द्रमा पुगेको देखिन्छ ।    आज पहिलो पटक स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुन लागेको छ । सरकारले गत माघ २४ गते आजका लागि  निर्वाचन निर्वाचनको तयारी गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएकामा यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्णरुपमा सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ । शर्मिला पाठक रासस

हाइड्रोको आईपिओलाई अनुमति दिने विषयमा इप्पान र धितोपत्र बोर्डबीच छलफल

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले आईपिओ निष्काशनको अनुमति दिने विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । इपानलप संंयोजकत्वमा आईपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले आज आइतबार बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आईपिओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका हुन्।आईपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इपानले आज बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो । जलबिद्युत कम्पनीहरुको आईपिओको सम्बन्धमा बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएको इपानले जनाएको छ।छलफलको क्रममा इपानले आईपियो जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको , आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको समस्याबारे अवगत गराएको छ ।आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने कुरातर्फ इप्पानले धितोपत्र बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको थियो ।जवाफमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीएल जलविद्युत आयोजनाको आईपिओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडी बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा अर्थ मन्त्रालयका सचिवसंग बारम्बार छलफल भइरहेको जानकारी दिएको इपानले जनाएको छ। इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आईपियो निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन माग गरेको छ। साथै, यसको सुनुवाई एक हप्ताभित्र नभएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

चिकित्सक संघको माग– ‘अदालतको काम अबिलम्ब सुचालु गर’

अदालतको गरिमा जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्नुपर्नेमा संघले जोड दिएको छ ।