उद्योग परिसंघले भन्यो 'अर्थतन्त्र सही दिशामा छ, राष्ट्रबैंकले त्रास फैल्याउने कदम चाल्यो'

नेपाल उद्योग परिसंघले देशको अर्थतन्त्र संकटमा नरहेको बरू राष्ट्रबैंकले नै विभिन्न कदम चालेर बजारलाई त्रासदीपूर्ण वातावरणमा पुर्याएको आरोप लगाएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै परिसंघले कोभिड १९ का कारण शिथिल अर्थतन्त्रमा चालू आर्थिक वर्षको शुरुवातबाटै पुनारोत्थानका संकेतहरू देखिएकाले बजारमा उच्च माग सिर्जना भएकैले विदेशी विनिमय संचितीमा चाप परेको निष्कर्ष निकालेको हो । पत्रकार सम्मेलनका क्रममा परिसंघका राष्ट्रिय परिषद सदस्य अनुज अग्रवालले नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको र संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्थामा रहेको बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा परिसंघले नेपाल र श्रीलंकाको अवस्थालाई अनावश्यक तुलना गरिएकोमा आपत्ति समेत जनाएको छ । जीडीपीका आधारमा नेपालको राष्ट्रिय ऋण जम्मा ४० दशमलव ५ प्रतिशत रहेको तर श्रीलंकाको राष्ट्रिय ऋण भने १ सय ११ प्रतिशत रहेको भन्दै श्रीलंका भन्दा नेपाल अर्थतन्त्रमा बढी सबल रहेको दाबी पेश गरेको हो । परिसंघले चालू आर्थिक वर्षको शुरुको ५ महिनासम्म ५ प्रतिशत औषद मूल्यवृद्धि रहेको र पछिल्लो ३ महिनामा औसत ६ दशमलव २५ प्रतिशत रहेको निष्कर्ष निकालेको छ । 'हामीले तथ्यांकका आधारमा नेपाल संकटमा छैन भन्ने देखाउन चाहेका छौं,' अग्रवालले भने । आर्थिक संकट नभएको अवस्थामा पनि राष्ट्र बैंकले गत सालको पुसमा १८ किसिमका वस्तुमा शतप्रतिशत र २ किसिमका वस्तुमा ५० प्रतिशत, माघको अन्तिम साता सो संख्यालाई बढाएर ४३ वस्तुमा शतप्रतिशत र ४ वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने परिपत्र, फागुनको दोस्रो सातामा भारित जोखिम वृद्धि गरिएको र त्यसपछि एलसी नखोल्न मौखिक निर्देशन दिएर त्रासदीपूर्ण वातावरण सिर्जना गरेको परिसंघको निष्कर्ष छ । परिसंघले वैदेशिक रोजगारीमा भएको वृद्धिले रेमिट्यान्स बढाउने आंकलन गर्दै भनेको छ, 'विप्रेषणसँगै पर्यटन आगमन र उच्च भएको माग आगामी दिनमा सहज हुँदै जाँदा विदेशी मुद्रा संचितीमा सकारात्मक असर देखिनेछ ।'विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न दिने नीति ल्याउनसमेत परिसंघले सरकारलाई सुझाव दिएको छ । त्यस्तै गैरआवासीय नेपालीहरूलाई नेपालमा पैसा पठाउन प्रोत्साहित गर्ने, उनीहरूलाई नेपाली कम्पनीको आइपीओमा कोटा दिने जस्ता कामहरूले पनि तत्काल संचितीमा परेको प्रभाव कम गर्न सकिने परिसंघले जनाएको छ । परिसंघले अर्थतन्त्रका बारेमा आफूहरूले निरन्तर सरकारका नीति निर्माणकर्ता र सरोकारवालासँग छलफल गरिरहेकोसमेत दाबी गरेको छ । 'कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान होइन,' परिसंघले भनेको छ, 'आयात व्यवस्थित गर्नेतर्फ सोच राखिनुपर्छ । त्यस्तै स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल गर्नुपर्छ । नेपाल गम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन गर्दै बजारमा त्रासदीपूर्ण अवस्था आउन दिनुहुँदैन र विदेशी मुद्रा आर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि काम गर्ने उचित अवसर आएकाले ठोस नीति बनाई काम गर्नुपर्छ ।'

सम्बन्धित सामग्री

कैलालीमा धमाधम उद्योग बन्द

धनगढी– पछिल्लो समयमा उद्योगहरू खुल्ने क्रम घटेसँगै आर्थिक मन्दीको कारण देखाई धमाधम उद्योग बन्द हुन थालेका छन् । कैलाली जिल्लामा सञ्चालित साना तथा मझौला उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । साना तथा घरेलु उद्योग कार्यालयका अनुसार विगत तीन वर्षमा ५४७ वटा उद्योग बन्द भएको छ । सो कार्यालयले कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी […]

२९८ घरेलु उद्योग बन्द

एक वर्षको अवधिमा २९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७९/८० मा ती उद्योगहरु बन्द भएका हुन् । वाणिज्यतर्फ ३२३ वटा बन्द भएको साना उद्योग कार्यालय दाङका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । बन्द हुनेमा उद्योग भन्दा वाणिज्य फर्म बढी रहेको उनको भनाइ छ […]

मनाङमा ४९ नयाँ उद्योग थपिए

हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् ।  एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए ।उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ ।  हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उनले बताए । सो अवधिमा जिल्लामा ३६ जिल

हुलास स्टिल, उद्योग परिसंघ र उद्योग प्रवद्र्धन केन्द्रबीच सम्झौता

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धतासहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उद्योग प्रवद्र्धन केन्द्रका उप–सचिव ऋषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपकराज […]

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त

लमजुङमा १९ उद्योग खारेज

लमजुङ, २७ माघ: लमजुङमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् । आर्थिक वर्ष २०७८-७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा […]

घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१  घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले  नवीकरण  गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा  २३७ उद्योग  न...

मनाइयो सातौं उद्योग दिवस

सरकारले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिनै उद्योग दिवस सम्पन्न गरेको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । तर, उद्योग मन्त्रालय शेरबहादुर देउवा नेतृत्वको प्राथमिकतामा नपर्दा यस वर्षको उद्योग दिवस मन्त्री बिनै सम्पन्न भएको हो ।आज राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासैनी, वाणिज्य सचिव दिनेश भट्टराई, उद्योग सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।यसबाहेक,उक्त कार्यक्रममा नेपाल

सरकारले तोकेको ठाउँमै उद्योग खोल्नुपर्छ : उद्योग सचिव पोखरेल

काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि जग्गा […]

बजार नपाउँदा हातेकागज उद्योग बन्द

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द […]