दूध र चीजका लागि सानन बाख्रा

तनहुँ- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथमिकता दिएको छ ।  बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्क...

सम्बन्धित सामग्री

चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै

दूध उत्पादन भन्ने बित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

चित्लाङमा तयार हुँदैछ आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने बाख्रा

दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

चित्लाङमा तयार हुँदैछ आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने बाख्रा

दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।  बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ ।    तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिए ।  विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ ।  कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरूप विभिन्न जिल्लामा बोरका बोका विक्री गर्ने गरिएको छ ।  दूध र चीजका लागि सानन बाख्रा  त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करीब २२ जिल्लामा व्यावसायिकरूपमा पाल्न शुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए ।   बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उनले बताए । बाख्राको दूधबाट बनेको चिजबाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा विक्री गर्दै आएको छ ।  विगत पाँच वर्षअघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई शीप हस्तान्तरणसमेत गरेको थियो । पोखराको लेकसाइड र काठमाडौंका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भने, ‘याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।’ पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ ।  उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौंका सहरमा विक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिए । रासस

दूध र चीजका लागि सानन बाख्रा

सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।

खाेटाङकाे हलेसीमा आत्मनिर्भर बनाउन किसानलाई भैँसी र बाख्रा

खाेटाङ - हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । किसानलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।   किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिइएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाक...

हलेसी तुवाचुङ नगरपालिकाद्धारा किसानलाई बाख्रा वितरण

काठमाडौं,१७ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई […]

गोरु मरेपछि किसानलाई खेत जोत्न सकस

कैलाली : धान रोपाइँको चटारो बढेका बेला कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका अमर शाहलाई घरको गोरु लम्पीस्किन रोगले मरेपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ।घरमा पालिएको हलगोरु बिरामीले मरेपछि पाखोखेत खनजोत गर्न नसक्दा उनलाई चिन्ताले सताएको हो।  'एक हल गोरुभैँसीको एक पाडो र एक बाख्रा लम्पीस्किनले मरेर  क्षति व्यहोर्नु पर्‍यो', उनले भने।सोही ठाउँका अर्का किसान तेजबहादुर बोहराको घरमा पालिएको लम्पीस्किन रोगले समातेपछि गाईले दूध दिनै छोड्यो। उनले भने, 'गाईले दूध द

दूधको उचित मूल्य नपाएको कृषकहरूको गुनासो

जितपुरसीमरा वडा नं १६ महेन्द्रनगरका शंकरराज अर्यालले करिब १ करोड लगानीमा २० वटा गाई, ५५ वटा बाख्रा पालन गरेका छन् ।  १६ वटा दुहुना गाईको उनले दैनिक ७० देखि ७५ लिटर दूध बिक्री गर्दछन् । अर्यालले उत्पादन गरेको दूध बजारमा प्रतिलिटर ९० देखि सय रुपैयाँमा बिक्री हुन्छ । तर सोही दूधको मूल्य सहकारी (डेरी) ले भने प्रतिलिटर ५८ देखि ६४ रुपैयाँ भन्दा माथि दिँदैन । ‘डेरीले हामीलाई दिने मूल्य चित्त बुझ्दो छैन । तर त्यसको विकल्प पनि हामीसँग केही छैन, १ करोड लगानी गरेर मासिक ५० हजार आम्दानी

कुखुराको उत्पादन ११.१ प्रतिशतले घट्यो, बाख्राको भने ४.९ प्रतिशतले वृद्धि

पछिल्ला वर्षहरूमा रैथाने पशुको तुलनामा उन्नत नश्ल र बढी उत्पादन क्षमताका गाई भैंसीको सङ्ख्यामा वृद्धि भई दूध उत्पादनमा उल्लेखनीय वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ।बाख्रा र बङ्गुरको सङ्ख्यामा पनि वृद्धि भएको छ। व्यावसायिक बाख्रापालनमा युवाको बढ्दो आकर्षण, बोयर लगायतका उन्नत जातको बाख्रा आयात तथा स्थानीय जातको बाख्राको नश्ल सुधारबाट बाख्राको सङ्ख्यामा वृद्धि भएको छ। त्यस्तै चालु आर्थिक वर्षमा सुँगुर/बङ्गुरको सङ्ख्यामा करिब ४.६ प्रतिशतले वृद्धि हुने अनुमान छ। कुल बङ्गुर मध्ये करिब १९ प्रतिशत उन