खाेटाङकाे हलेसीमा आत्मनिर्भर बनाउन किसानलाई भैँसी र बाख्रा

खाेटाङ - हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । किसानलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।   किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिइएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाक...

सम्बन्धित सामग्री

बर्सिन घाँसखेतीले किसानलाई सहज

घोराही उपमहानगरपालिका-६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा बर्सिन घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ ।

एक करोड लगानीमा चितवनमा कृषि घाँस उद्योग स्थापना

साउन २०, चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस उद्योग (साईलेज) को स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपंक्षीको आहाराको अभाव कम गर्न उक्त उद्योगको स्थापना गरिएको हो ।  जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टरको बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त उद्योगको उद्घाटन गरेका हुन्  । उद्घाटन पछि बोल्दै उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताको लागि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ ।  प्रेम थापा, शिव थापा र सुजिन्द्र बहादुर थापाको संयुक्त लगानीमा सो कृषि घाँस उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैँसी, बाख्रा लगायतका पशु वस्तुहरूलाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा साइलेज घांँस उपलब्ध गराउने उद्देश्यका साथ घाँस उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।  उनका अनुसार हरियो मकै सहितको बोटलाई काटेर मेसिनको माध्यमबाट कृषि घाँस प्याकेजिङ गर्ने काम गरिन्छ ।  सो घाँस प्याकेजिङ गर्दा नै पशु वस्तुहरूलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखी प्याकिङ गरिने अध्यक्ष थापाले बताए । सो प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने छ ।  स्थानीय किसानहरूले लगाएको मकैको हरियो बोट सहित प्रति कट्ठा २ देखि ३ हजार रूपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए  । उनका अनुसार हाल चितवनको पदमपुर, जमुनापुर, पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको र माग बढ्दै गएमा अन्य जिल्लाबाटपनि मकैको बोट खरीद गरेर ल्याइने छ ।  किसानहरूले उत्पादन गरेको मकै बजारमा मूल्य भन्दा महँगो मूल्यमा उद्योगले लिने र उनीहरुले लगाएको मकैको बोट सहित किनिदिने भएकोले किसानहरु यस उत्पादन प्रति आकर्षित भएको सञ्चालकहरुको भनाइ छ ।  उद्योगबाट उत्पादित साइलेज (कृषि घाँस) पनि बजारमा पाइने ढुटो, चोकर, दानाभन्दा सस्तो भएकोले किसानहरूको माग बढी रहेको उनीहरुको भनाइ छ ।  हाल उद्योगमा ७५ लाख लगानी भइसकेको छ भने २५ लाख  थप लगानीकै क्रममा रहेको उद्योगका सञ्चालक सुजिन्द्र बहादुर थापाले बताए  उद्योगलाई रत्ननगर नगरपालिकाले कृषि उद्योगका लागि साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रूपैयाँ अनुदान दिएको छ ।