काठमाण्डाै – विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको ...