रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोबीच टेलिफोन संवाद भएको छ ।आज आइतवार भएको टेलिफोन संवादमा युक्रेन समस्याका विषयमा कुराकानी भएको फ्रान्सको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सले यो वार्तालाई रुस र युक्रेनबीचको लडाइँ रोक्ने अन्तिम प्रयासको रूपमा वर्णन गरेको खबरमा उल्लेख छ । युक्रेनमा हुन सक्ने ठूलो द्वन्द्वबाट बच्न सम्भवतः अन्तिम र अत्यावश्यक प्रयासको रूपमा आज संवाद भएको अधिकारीहरूले जनाएका छन् । संवादमा फ्रान्सेली राष्ट्रपति म्याक्रोले युक्रेनमा आक्रमण न...