अर्थमन्त्री शर्मालाई सुरेन्द्र पाण्डेको प्रश्न- इन्डक्सन चुलो बाँड्ने कुरा चुनावमा फन्ड उठाउने खेलोमेलो त होइन ?
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ६० लाख परिवारलाई इन्डक्सन चुलो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको आरोप लगाएका छन् ।
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने बताएका हुन् । इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे । सरकारले […]
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट बनाउने क्रममा दिमागमा चुनाव नराखेको दाबी गरेका हुन् । बजेट चुनाव लक्षित रहेको र इन्डक्सन चुलो बाँडेर भोट तान्न खोजेको आरोपलाई खण्डन गर्दै उनले इन्डक्सन चुलो बाँडेर भोट तान्न नखोजेको दाबी गरेका हुन् । ‘इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्
अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रस्ट पारेका छन् । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताए ।प्रतिपक्षी सांसदहरुले बजेटमा उल्लेखित केही विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित रहेर लोकप्रियताका लागि ल्याइएको आरोप लगाएको सन्दर्भमा मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘इन्डक्सन चुलो’ वितरण गरेर ‘भोट साट्न खोजेको&rsq
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ ।कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । ‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ ।’उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले विगतमा वत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरे। उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताए । उनले भने,‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, वर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालेका छौं, थप विद्युत निर्यातका लागि भइरहेका पहल सकारात्मक रुपमा अगाडि बढिरहेको छ ।’विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ । जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिन्छ ।सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रा.लि.सँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत पुगेको छ । सबै वडाहरुमा भने विद्युत पुगेको छैन । पालिकाहरुको वडा संख्या ७३ रहेकोमा ५२ वटा वडामा विद्युत पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।
चैत ८, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/ ११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमवार उक्त सबस्टेसनको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
उक्त सबस्टेसनबाट रुकुम पूर्व र पश्चिम तथा जाजरकोटका केही ठाउँहरुमा विद्युत् आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणल जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा वत्ती बाल्न पाउनु नै ठूलो कुरा रहेको बताउँदै पछिल्लो समय विद्युत् उत्पादन प्रशस्त भइसकेकाले भान्सामा समेत विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।
उनले भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । मन्त्री भुसालले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् ।
‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं’ मन्त्री भुसालले भनिन्, ‘बर्खाका केही महीना देशभित्र खपत गरेर जगेडा भएको विद्युत् भारत निर्यात गर्न थालेका छौं, थप विद्युत् निर्यातका लागि पहल भइरहेको छ ।’
उक्त कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले शुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको स्मरण गर्दै पूर्वऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘विद्युत् आर्थिक क्रान्तिको आधारभूत साधन हो’, मन्त्री शर्माले भने, ‘घरघरमा, उद्योग उद्योगमा विद्युतको खपत बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।
उनका अनुसार सल्यान सित्तलपाटी सबस्टेसनबाट करीब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत् लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको घिसिङको भनाइ छ ।
प्राधिकरणले जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । उक्त सबस्टेसनबाट सल्यान तथा दाङको तुलसीपुरमा विद्युत् अवरोध हुँदापनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।
सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत् आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा थप सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।
सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, शुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालीसँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।