स्थानीय गाजाबाजाप्रति युवायुवतीको आकर्षण बढ्दो

भक्तपुर - जात्रा, पर्व र मेलामा भक्तपुरका नेवार समुदायका युवतीहरुमा बाजा बजाउने आकर्षण बढ्दै गएको छ ।  नेवारी बाजाहरुको मीठो धून बजाउँदै युवतीहरु मेला र जात्रामा सहभागी हुने क्रम बढ्दै गएको छ । दसैंका अवसरमा भक्तपुरमा लाग्ने नवरात्री मेलामा पनि युवतीहरुले बाजा बजाएर बाजाप्रतिको मोह र आकर्षणलाई पुष्टि गरेका छ...

सम्बन्धित सामग्री

कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो

कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि मकवानपुर गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन् । गाउँपालिकाले कोदो प्रतिकिलो रु ५४, फापरको प्रतिकिलो रु सय र जुनेलोको प्रतिकिलो रु ८४ हुने …

खरायो पालनमा युवाको आकर्षण बढ्दो

जुम्ला– यहाँका महिला  पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् ।  स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले मनग्ये आम्दानी गर्ने गरेको बताए। सिङ्गो गाउँका महिला आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिमदेखि विभिन्न पेश व्यावसायिकता लागेका छन् । सबैभन्दा […]

एसियाली खाना महोत्सवमा बढ्दो आकर्षण

फिनिक्स , संयुक्त राज्य अमेरिका, २१ असोज । दक्षिण पश्चिम अमेरिकाको मार्टिन अटो म्युजियममा शनिबार आयोजना गरिएको एसियाली महोत्सवले खाना प्रेमीहरूलाई आकर्षित गरेको छ । मुछेको पिठोलाई बेलेर विभिन्न आकार बनाई यसभित्र तरकारी र मसलाहरूको मिश्रण राखी बनाइएका खानाका परिकारको विविधताको स्वाद चखाउने महोत्सवमा १५ भन्दा बढी स्थानीय खाद्य ब्याबसायहरू संलग्न हुने गरेका छन् । […]

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : बीमामा बढ्दो आकर्षण

नेपालमा २००६ सालअघि रघुपति जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगञ्ज कटन मिललगायत उद्योग र कल कारखानाको स्थापना भएको पाइन्छ । नयाँ उद्योग सञ्चालनमा आएसँगै वित्तीय सहयोगका लागि १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकको स्थापना भएपछि सोही समयमा नेपालमा बीमा कम्पनीको पनि आवश्यकता महसूस भएको बीमा जानकारहरू बताउँछन् । सोही अनुरूप उक्त समयमा भारतीय बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा शुरू गरेको इतिहास छ ।  नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भएको थियो । २०१६ सालमा यस कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भएको थियो । कम्पनीलाई २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पूर्णरूपले निर्जीवन बीमाको काम गर्ने गरी पुन: नामकरण गरिएको थियो । २०२५ साल अघिसम्म भारतीय बीमा कम्पनीहरूले बीमाको काम गर्दै आएका थिए । उक्त समय नेपालमा रुवी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत बीमा कम्पनीले बीमाको काम गरेको पाइन्छ ।  २०२४ पुस १ गते १ करोड रुपैयाँको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि कम्पनी राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरिएको थियो । यस कम्पनीले २०२९ सालदेखि जीवन बीमा पनि शुरू गरेको थियो ।  २०४४ सालमा नेपालमा बीमा व्यवसाय गर्न निजीक्षेत्रको नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको थियो । कम्पनीले शुरूका २ वर्षसम्म निर्जीवन बीमा व्यवसाय र त्यसपछि भने जीवन बीमा व्यवसाय पनि शुरू गरेको थियो । नेपालको विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । बीमाले व्यक्तिको सम्पत्ति, उद्योग, कलकारखाना लगायतमा पर्न सक्ने जोखिमका साथै राज्य उक्त जोखिमबाट हुन सक्ने आर्थिक भार न्यूनीकरण गर्न मदत गर्छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा अहिले १४ जीवन र १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै रि–इन्स्योरेन्सतर्फ दुई र लघु बीमातर्फ चार कम्पनी सञ्चालनमा छन् ।  आधा जनसंख्या बीमाको दायरामा नेपालमा बीमा शुरू भएको कम समयमा नै झन्डै आधा जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमाको दायरा समेटिएका हुन् ।  वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत नागरिकसम्म फैलिएको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३९ दशमलव शून्य ३ प्रतिशतमा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत पुगेसँगै बीमाको पहुँचमा १ करोड २९ लाख ४३ हजार २३९ नागरिक छन् । कम समयमा नै बीमाको दायरामा उल्लेखनीय सुधार हुनुमा बीमा प्राधिकरणको मुलुकभर नै गरिने सचेतना अभियान, कम्पनीको शाखा र व्यवसाय विस्तार, र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बीमा जानकारहरू बताउँछन् । बीमाले व्यक्तिको साथै संस्थामा अनिश्चित घटनाहरूबाट हुने जोखिमबाट सृजना हुने आर्थिक भार न्यूनीकरण गर्ने भएकाले मुलुकको समर्ग विकासमा बीमाको प्रमुख भूमिका रहँदै आएको छ ।  सातै प्रदेशमा बीमा विस्तार हुँदै नेपाल बीमा प्राधिकरणले सातै प्रदेशका स्थानीय तहहरूसँग सहकार्य गरेर बीमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । अहिले मुलुकभरका नागरिकहरू बीमामा समेटिँदै गएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । बीमा ऐनमा नै प्राधिकरणले बीमा विकासमा काम गर्नुपर्ने विषय उल्लेख भएसँगै अहिले प्राधिकरणले आक्रमक रूपमा बीमा सचेतनाका कामहरू अघि बढाएको छ । प्राधिकरणका अनुसार चालू आवमा मात्रै प्राधिकरणले १०० भन्दा बढी स्थानीय तहमा बीमा सचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९/८० मा सक्रिय निर्जीवन बीमालेखको संख्या २७ लाख ९२ हजार ५१६ छ । त्यसमध्ये सबैभन्दा बढी ४५ दशमलव ३० प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि लुम्बिनी प्रदेशमा १५ दशमलव ४९ प्रतिशत र कोशी प्रदेशमा १२ दशमलव ८५ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा निर्जीवन बीमालेखबाट ४० अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यसमध्ये ६७ दशमलव ३० प्रतिशत बागमती प्रदेशबाट, ८ दशमलव ७५ प्रतिशत लुम्बिनीबाट र ८ दशमलव ६२ प्रतिशत कोशीबाट संकलन भएको छ ।  आव २०७९/८० मा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी ७० दशमलव ९५ प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि कोशी प्रदेशमा ७ दशमलव ८९ प्रतिशत र लुम्बिनी प्रदेशमा ७ दशमलव २६ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा जीवन बीमालेखबाट १ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ । यसमध्ये बागमती प्रदेशबाट ४४ दशमलव ३२ प्रतिशत, लुम्बिनीबाट १४ दशमलव ८९ प्रतिशत र कोशीबाट १२ दशमलव ३६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।

डडेल्धुरामा आयुर्बेदमा आकर्षण बढ्दो

डडेल्धुरा । आयुर्बेद स्वास्थ्य उपचार पाएपछि डडेल्धुराका स्थानीय हर्षित भएका छन् । वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका बिरामीहरु आयुर्बेदिक औषधि पद्धतिबाट उपचार पाएपछि निको भएका छन् । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा अहिले बिरामीले २३ प्रकारका आयुर्बेदिक औषधिहरु सहितको उपचार पाई रहेका छन् । उनीहरुले सेक्ने उपचार सेवा समेत अस्पतालमा पाएका छन् । दैनिक […]

जनतासँग जोडिएला कांग्रेस?

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पनि कांग्रेस नै ठुलो दल छ। तर सांगठनिक र नीतिगत रूपमा कांग्रेस सशक्त बन्न नसक्दा नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिलेसम्म रङ पनि स्पष्ट नभएका खहरे खोला जस्तै उदाएका दलप्रतिको आकर्षण बढ्दो छ।...

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

झापा– बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका-१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरू व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय […]

जो स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भए

स्वतन्त्र र बागी उम्मेदवारी दिएर वडाध्यक्षमा जित्नेको संख्या बढ्दो स्थानीय तहको निर्वाचनको सुरुवाती रुझानमा स्वतन्त्र उम्मेदवारप्रति पनि आकर्षण देखिएको छ । राजधानीसमेत रहेको काठमाडौं महानगरमा बालेन्द्र शाह (बालेन) र धनगढी उपमहानगरमा गोपाल...

च्याउखेतीबाट मनग्य आम्दानी गर्दै धनकुटाका कृषक, विदेशबाट फर्किएकाको आकर्षण बढ्दो

घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको स्थानीय टीका बस्नेत बताउनुहुन्छ ।

घरेलु उद्योगमा बढ्दो आकर्षण

प्यूठानमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीको दर दिनानुदिन बढ्दै गए पनि पछिल्लो समयमा घरेलु उद्योगतर्फ यहाँका स्थानीय अग्रसर हुँदै आएका छन् ।