डडेल्धुरामा आयुर्बेदमा आकर्षण बढ्दो

डडेल्धुरा । आयुर्बेद स्वास्थ्य उपचार पाएपछि डडेल्धुराका स्थानीय हर्षित भएका छन् । वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका बिरामीहरु आयुर्बेदिक औषधि पद्धतिबाट उपचार पाएपछि निको भएका छन् । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा अहिले बिरामीले २३ प्रकारका आयुर्बेदिक औषधिहरु सहितको उपचार पाई रहेका छन् । उनीहरुले सेक्ने उपचार सेवा समेत अस्पतालमा पाएका छन् । दैनिक […]

सम्बन्धित सामग्री

डडेल्धुरामा विज्ञान तथा गणित विषयमा आकर्षण बढाउन प्रदर्शन

डडेल्धुरा । डडेल्धुरामा विद्यालय तहका विद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको छ । जिल्ला स्तरिय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा १४ विद्यालयको सहभागिता थियो । विज्ञान प्रविधिका विभिन्न विधाहरुको नमूना प्रदर्शनी गरिएको आयोजक संस्था श्री बैजनाथ माध्यमिक विद्यालय मौरडाले जानकारी दिएको छ । प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, यान्त्रिकरण,जलवायु प्रविधि […]

डडेल्धुरामा म्याराथुन दौड हुने

डडेल्धुरा । महाशिवरात्रीको अवसर पारेर फागुन ६ गते डडेल्धुरामा अमरगढी हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवस २०७९ को अवसरमा ढुंगे किल्लाको संरक्षण, प्रवर्द्धन गर्न तथा पर्यटकीय आकर्षण बढाउन रणबम गण दहब्यारेकद्वारा दौड प्रतियोगिताको आयोजना हुन लागेको नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो । नागरिक सेना […]

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’ बन्दै

चैत २७, महेन्द्रनगर । बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सरेका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो । जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढीे विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि बाख्रापालन नै रहेको छ । कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका  घरमा बाख्रापालन गरिन्छ । आठ दशकभन्दा पुरानो बस्ती सडक सञ्जालसित नजोडिदा मलास क्षेत्रको विकास हुन नसकेको कृषक  धाँमीको गुनासो थियो । ‘९५ प्रतिशतले बाख्रापालन र केहीले अन्नबालीका साथै तरकारी, अदुवाखेती गर्छन्’, उनले भने, ‘बाख्रा खरीदका लागि व्यापारी गाउँमै पुग्न थालेपछि बाख्रापालनप्रतिको आकर्षण अझ बढेको छ ।’ अहिले करीब ४० ओटा बाख्रा पालेका धामीले प्राप्त आम्दानीबाट महेन्द्रनगरबाट चामललगायत खाद्यान्न खरीद गरी परिवारको छाक टार्दै आएको बताए । मलासको पीपलकोट, बड्डीमलास क्षेत्रबाट सदरमुकाम डडेल्धुरामा पुग्न आठ÷नौ घण्टा लाग्ने  स्थानीयवासीले बताए । ‘डडेल्धुरा सदरमुकाम जान महेन्द्रनगर झरेर अत्तरिया हुँदै डडेल्धुरा पुग्नुपर्छ ।’ स्थानीय ६३ वर्षीय जोगी धामीले भने, ‘यहाँबाट हिडेर जोगबुढा पुग्नै तीन घण्टा लाग्छ ।’ विसं २०४६ मा बझाङको बुङ्गलबाट बसाइँ सरेर यहाँ बस्दै आएका धामीले १०० ओटा बाख्रा आफूसित रहेको बताए । उनले बाख्रपालन दशकौँदेखि गरिरहेको भए पनि सम्बन्धित निकायबाट अनुदानलगायत कुनैपनि  सहयोग नपाएको गुनासो गरे । ‘यो वर्ष पहिलो पटक ५० परिवारलाई खोर बनाउन कृषि ज्ञान केन्द्रले अनुदान दिएको छ’, उनले भने, ‘यहाँ बाख्रापालन नगरेको घर भेटाउनुहुन्न ।’ पर्शुराम नगरपालिका–७ को अधिकांश क्षेत्रमा बाख्रापालन भइरहेकाले  उक्त क्षेत्रमा थप प्रोत्साहनका लागि सरकारले अनुदान दिनुपर्ने स्थानीयवासीको माग थियो । ‘बाख्रादेखि तरकारीसम्म विक्रीका लागि महेन्द्रनगर मण्डपमा जानुपर्छ’, उनले भने, भौगोलिक हिसाबले विकट भए पनि दुरीका हिसाबले महेन्द्रनगर नै नजिक पर्छ ।’ मलास क्षेत्रको पीपलकोट, बड्डी मलास, नाउला, कसान, बतासेलगायत स्थानका बासिन्दाले लामो समयदेखि कृषिसँगै बाख्रापालन गरिरहेका छन् । ‘गहुँ÷धान उत्पादन भए पनि वर्षमा तीन÷चार महीना मात्रै खान पुग्छ ।’ अर्का स्थानीयवासी विनोद बोहराले भने, ‘बाँकी गुजारा भनेको बाख्रपालनबाट नै गरिने हो ।’ उनले बाख्रा विक्रीका लागि  कुनै समस्या नभएको बताए । ‘गाउँमै खसीबोका किनबेच हुन थालेपछि रोजगारीका लागि भारत जाने स्थानीयवासी पनि गाउँमै बाख्रापालन गर्न थालेका छन्’, कृषक बोहोराले भने, ‘स्थानीय सरकार आएपछि पनि किसानमुखी एउटा योजनासमेत गाउँमा आएन् ।’ ट्र्याक खुल्दा पलाएको आशा केही महीनाअघि मात्रै भीमदत्त नगरपालिकाको तिलकपुरदेखि मलासको पीपलकोटसम्म चुरे क्षेत्रमा सडक बनाउन ट्र्याक खुलेपछि पहिलो पटक आफूहरु सडक सञ्जालसित जोडिएको स्थानीयवासीले बताए । ‘अहिले त महेन्द्रनगर एक घण्टामै पुग्न सकिन्छ’, कृषक बोहराले भने, ‘हिउँदयता जीप चल्न थालेपछि धेरै सहज भएको छ । तिलकपुर क्षेत्रको विष्णुमन्दिरदेखि डडेल्धुराको सीमाक्षेत्र हुँदै पीपलकोटसम्मको सडक ट्र्याक भीमदत्त नगरपालिकाको पहलको खुलेको हो ।’  ‘सडक खुलेपछि यताउता जाँन पैदलै  हिँड्नुपर्ने बाध्यता टरेको छ’, उनले भने, ‘उहिले झरो बालेर उज्यालो ग¥र्यौं, अहिले गाउँमा सोलार बत्तीसम्म राखिएका छन् ।’ मध्यकालीन सभ्यताको उद्गम विन्दु मलास क्षेत्रमा पौराणिक एवम् धार्मिक महत्वका धेरै स्थान भए पनि सडकलगायत पूर्वाधारको विकास नहुँदा ओझेलमा परेको छ  । ‘गत वर्षसम्म खाद्यान्न बोकेर महेन्द्रनगरबाट यहाँ ल्याउथ्यौँ’, अर्का स्थानीयवासी जयप्रकाश बोहराले भने, ‘भीमदत्तले सडक खुलाएपछि त्यो अवस्था पनि टरेको छ ।’ महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा रहेको मलास क्षेत्रमा सडकका साथै खानेपानी, स्वास्थ्य र शिक्षाका क्षेत्रमा विकास हुन सकेको छैन । ‘हाम्रो त सारा कारोबार नै महेन्द्रनगर बजारसित हुन्छ’, उनले भने, ‘त्यो बेला औलोको डरले तराई झरेनौँ, यहाँको विकास होला र सुविधा पाउला भन्ने आशा त मनमा मात्रै रह्यो ।’ रासस