ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइको खानेकुरा हो, अण्डा। बालकदेखि वृद्धसम्मलाई अण्डा मन पर्छ।अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ। त्यसैले धेरैजसो चिकित्सक दिनहुँ अण्डा खाने सल्लाह दिन्छन्। यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ। यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।धेरै अण्डा खानुको बेफाइदापखाला : अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ।