शिरमा लगाएको जमरा कसैले देखेनन्, समाजको नजर छातीमा गयो-मोडेल आचार्य

यतिबेला दसैंको फोटोले समाजिक संजाल फेसबुक, ट्विटर भरिभराउ छ । दसैंको जमरा र टीकाले रङ्गिबिरङ्गी भएको समाजिक संजालमा अर्को एउटा तस्वीर भाइरल भएको छ ।  गायिका तथा मोडल लक्ष्मी आचार्यको दशैको जमरा लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो। उनले दशैको अबसरमा जमरा लगाएको फोटो सुट गराएकी थिईन् ।आचार्यले फोटो समाजिक सञ्जालमा पोष्ट गरेपछि समाजिक सञ्जालमा बिभिन्न नकरात्मक टिप्पणी भएका छन् । छातिमा टाँसेको जमराले धर्म संस्कृतिको जगेर्ना नभएर बिकृति मौलाउने संस्कृति संरक्षणकर्ताको भनाई छ।  मोडेल आचार्यले फोटोमा छातीमा जमरा राखेर छेउको ट्याटु देखाउन खोजेकी छन् । सो तस्वीर सामाजिक संजालमा पोस्ट गरे लगत्तै विभिन्न टीका टिप्पणी आउन थालेको हो । दसैंका दिन सामाजिक सञ्जालमा निकै नराम्रा प्रतिकृया आएपछि गायिका तथा मोडल लक्ष्मी आचार्यले धर्म र संस्कृतिको नकरात्मक उदेश्यले तस्बिर नखिचेको बताएकी छन् ।‘मैले दशैमा जमरा पहिरिने बारे प्रबर्धन गर्ने उदेश्यले फोटो सेसन गरेकी हु’ उनले भनिन्–‘तर, समाजको नजर मैले शिरमा लगाएको जमरा भन्दा पनि छातिमा बढी फोकस भए । यो दोष मेरो होईन’ उनले भनिन्–‘यो समाजको हो ।’ समाजिक सञ्जालमा भएका नकरात्मक आलोचना प्रति आफ्नो साह्रै चित्त देखेको समेत उनले बताईन् ।गायिका तथा मोडल आचार्यले नकारात्मक टिप्पणीको फेसबुक मार्फत प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छन् ।नमस्कार सम्पुर्ण प्रीयजननेपाल एउटा यस्तो देश हो जहाँ कला संस्कृति विभिन्न जातजाति भेषभुषा चालचलन , चार्डपर्व भौगोलिक हिसाबले पनि बिश्र्वकै उत्कृष्ट स्थान र रमणीय बाताबरणले भरिभराउ प्राकृतिक सम्पदाले सम्पन्न हिमाल जस्तो राष्ट्रको गौरव हाम्रै देशमा छ अनि संसारकै पहिलो नम्बरमा सगरमाथाले नेपाल लाई उच्च स्थानमा राखेको छ यस्तै भौगोलिक र प्राकृतिक सम्पदाले भरिएको हाम्रो देश नेपालमा हामी नेपाली आम मानिसले केही न केही पेसाहरू गरिरहेका छौं । यसै क्रममा केही ब्यबहारिक्तालाई बिर्सेर अनुहारीक उच्छृङ्खलपन प्रस्तुत देखाउन कसैले कसैको ब्व्यक्तिगत जीवन प्रति अलिबढी आलोचना र खेदो गर्न भने नछोड्ने केही तत्वहरु लाई मेरो तर्फबाट सम्मान छ ।प्रसंगमा जोड्दा २०७९ सालको दसैँ हाम्रो परिवारका लागि त्यति सहज थिएन तैपनि म एउटा कलाकार भएको नाताले मैले आफ्नो कलाकारिता बाट नेपाल र नेपाली समाजमा सकारात्मक संदेश क्रममा हाम्रो मौलिक चार्डपर्वलाई मध्यनजर गर्दै आफ्नो कला संस्कृति धर्म कर्मलाई आत्मसाथ गर्दै आम दर्शक स्रोता तथा ज्ञात अज्ञात चिरपरिचित प्रत्यक्ष अप्रत्यक्ष रुपमा जसले जसरी जस्तोसुकै तरिकाले दसैं मनाउनु भयो उहाँहरुलाई २०७९ सालको बिजय दसैंको शुभकामना सहितको एउटा संदेश दिने प्रयासमा दसैं विशेष गितहरुको सुटिङ थियो ।कलाकारिता एउटा यस्तो चिजको जहाँ बाट हरेक कुरामा उर्जा प्राप्त गर्न सकिन्छ । आफुमा जस्तोसुकै व्यस्तता अफ्ठ्यारो असहज जस्तोसुकै भएपनि एउटा कलाकारले आम जनमानसमा संदेश दिइरहनु पर्ने पेशा पनि हो आफ्नो दुख कष्टहरूलाई बिर्सी अरुलाई खुसी दिनुपर्ने हुन्छ । यस्तै विभिन्न कुराहरुले आफुमा केही कुरामा दुखी हुँदाहुँदै पनि सम्पुर्ण दर्शक तथा स्रोताहरुमा खुसी ल्याउँदै गर्दा मैले केवल सुटिङका लागि मात्रै “दसैंको झल्को मेटाउने गरी निधारमा टीका र जमरा” लगाउँदै गर्दा अनि उक्त जमरालाई त्यस्तै परिस्थितिका साथ मैले हृदय आत्मै देखि हरेक कला संस्कृति लाई जगेर्ना गर्दैगर्दा छातिमा जमरा सजाएर राखेँ । त्यही जमरालाई मैले घरपरिवार सबै एकसाथ बसेर दसैंको टिका जमरा र ठूलाबडा बाट आशीर्वाद थाप्न नसकेपनि मुटुमा आफ्नो हृदय आत्मा भित्र सजाए उक्त कुरा तस्वीरमा देखियो जुन जमरालाई छातिमा सजाए । यसैबीच मलाई केही साथीहरूले असन्तुष्टि देखाउनु भयो आलोचना गर्नुभयो कतिपय साथीहरूले नेपाली समाजमा आफ्नो घरपरिवार सबैले सुन्न बोल्न नसक्ने ब्यबहारिक्तामा नआउने जस्ता अमर्यादित उच्छृङ्खल शैलीमा अश्लील शब्दहरु चैन गरेर जुन किसिमले कमेन्ट मार्फत प्रहार गर्नुभयो अब उहाँलाई सम्मान गर्दै मेरा केही प्रश्नहरुको जवाफ पनि नैतिकपुर्वक दिनुहोला १) हाम्रै नेपाली केही त्यस्ता ब्यक्तिले राष्ट्रिय झन्डा जलाए उनिहरुको त्यो स्वतन्त्र अधिकार भित्र पर्दछ ?२) कतिपयले परिवार एकसाथमा बसेर हेर्न सुन्न नसक्ने जस्ता भिडियोहरु र शब्दहरु प्रयोग गरेर पनि एक किसिमको संदेश दिन्छन्  त्यसमा मैले समाजमा पचाउनै गाह्रो हुने के गरेकी थिए ???? जसमा जमरालाई आफ्नो छातिमा सजाएको बारे असन्तुष्टि देखाउनु भयो ।३) कुन चिजलाई कसरी प्रस्तुत गर्ने त्यो कलाकार वा अन्य आ-आफ्नो पेसा गर्नेहरुलाई राम्रोसँग थाहा हुन्छ त्यसलाई नकारात्मक दृष्टिकोण बाट बुझ्नुपर्ने के बाध्यता छ ??४) राजनीति गर्नेहरुले कतिपय कुराहरुमा आफ्नो कुर्सी र आफू पावरमा रहनको लागि जनतालाई मर्का पर्नेगरी बिदेशी सँग राष्ट्रिय असर हुनेगरी सम्झौता गर्छन त्यसको बारेमा बोलेको खोइ ???५) मैले त्यस्तो नचाहिने नपच्ने के काम गरेकी छु ? जसमा अश्लील शब्दकोष चैन गरेर कमेन्ट गर्ने र अरुको खुसी प्रति जलन हुनुपर्ने ?६) जोकोही जुनसुकै समुदाय वा जातजातिले आफुलाई मन पर्ने कुराहरू चाहे त्यो उपहारस्वरुप होस या भाग्यले प्राप्त भएको जस्तो भएपनि अन्तरात्मा देखि नै हृदयमा मुटुमा छातिमा लगाउँछन टाँस्छछन्  किन कि दुनियाँमा पवित्र सुन्दर भनेको मुटु हुनेगर्दछ । मैले जमरालाई छातिमा राखेँ त्यसमा तपाईंको जीवन प्रति के असर पर्यो ?७) आफुलाई मन परेको अनि धर्मलाई उच्च सम्मान गरेको केही तत्वहरूलाई मन परेन भन्दैमा मैले त्यस्ता तत्वहरुको लागि आफ्नो कला संस्कृति धर्म कर्म सबै बिर्सेर ” जुनसुकै कपडा भएपनि टाउको सिर देखि पैतला सम्म एउटा कुनै शरिरको भाग नदेखिने गरि ढाकेर हिँडिदिनु पर्ने हो ????८) मैले जमरालाई आफ्नो छातिमा राखेँ यसले केही त्यस्ता तत्वहरु र नेपाली समाजलाई के असर पुर्‍यायो ???९) एउटा नारीलाई सम्मान गर्न सक्दैनौ आदार्ता र ब्यवहारिकता भन्ने कुरामा बुझ्न सकिँदैन भने म आफैमा कत्तिको समज्दार बुद्धिजीवी छु भन्ने कुराको हेक्का राख्ने कि नराख्ने ??१०) हामी चेतनशील प्राणी सर्वश्रेष्ठ प्राणी हौँ तर नैतिकता , मानवता , ब्यवहारिकता , अस्तित्व , स्वाभिमान , लगनशीलता , आदार्ता जस्ता कुराहरुको कदर नै नगरी नबुझी अरुको प्रगति र खुसी प्रति यसरी बारुलाहरु खनिए झैँ किन गर्ने ? के अधिकार छ ?११) हरेक प्राणी एकले अर्कोलाई सम्मान गर्नुपर्छ इज्जत गर्नुपर्ने हुन्छ सकेसम्म अन्जानमा सकारात्मक बाटोमा हिँड्न हिँडाउन मदत गर्नुपर्छ तर त्यो पनि हेक्का नराखी केही नबुझी यसरी अरु माथी जाइलाग्दा आफुमा कत्तिको सभ्यता छ भन्ने थाहा पाउन जरुरी हुन्छ कि हुँदैन ?? नोट :यदि कसैले आफ्नो तवरबाट राम्रो प्रतिक्रिया दिइरहेको छ वा अपाच्य क्रियाकलाप गरेको छैन भने उक्त ब्याक्ती प्रति खेदो खनेर आफू हराउँदै गरेको कुनैपनि पेसाको मान्छे हिट हुनको लागी यस्ता क्रियाकलाप नगर्नुहोस् किन कि आफ्नो अग्रता आफ्नो क्षमतामा भरपर्छ । र कतिपय साथीहरुले जसको हातबाट चारो दानापानी चलेको छ उसैको गल्ती कमजोरीहरुलाई ढाकछोप गर्ने अनि जसको यो समाजमा राम्रो छवि छ उसैलाई गराउनको लागि विभिन्न लाञ्छना लगाउने जुन किसिमको होडबाजी चलाउँदै आएका छन यस्ता कामहरु गर्न मानवीयताले दिँदैन तर के गर्नु आफ्नै घरको आमा दिदीबहिनी प्रति इज्जत नराख्नेले बाहिर समाजमा पनि नारीत्व बारेमा कदर गर्दैन , कसैले कसैको ब्व्यक्तिगत जीवन र पेसा प्रति आलोचना गर्नु वा उसलाई गल्ती सावित गर्नु पुर्व उसको बारेमा अध्यन गर्न पृष्ठभुमि  बुझ्न अत्यन्तै महत्त्वपूर्ण हुने गर्दछ । त्यसैले तपाईंको घरको कुन संस्कारका कारण कस्तो असर पर्छ भन्ने कुरा तपाईंको ब्यबहारले बताउने गर्छ । कतिपय साथीहरू राज्यको चौथो अंग अनि संविधानले तेस्रो अंगका रुपमा अपनाउँदै सम्मान गरेको संस्थालाई अपमानित गर्दै पत्रकारको नाउँमा अर्थकार ब्यहोरा प्रस्तुत गरेको पनि प्रष्ट बुझिन्छ । व्यक्तिगत गाली गलौज गरेर तपाईंले जस्तो लेख्नु हुन्छ तपाईंको लेखाइबाट तपाईको इमेज बन्ने हो ! त्यहि कुरा तपाईलाई भविष्यमा भार हुन्छ र तपाई पछि पर्नु हुन्छ ! नबिर्सौ  यो !

सम्बन्धित सामग्री

छातीमा जमरा उमार्दै सापकोटा

दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ। ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ।...

छातीमा जमरा उमार्दै सापकोटा

झापा, २ कात्तिक । दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमारेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा […]

छातीमा जमरा उमार्दै सापकोटा

दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमार्नुभएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताउनुभयो । मन्दिरमा …

सुदूरपश्चिममा सामूहिक रूपमा जमरा राखियो

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा रहेका शक्तिपीठमा आइतबार सामूहिक रूपमा जमरा राखिएको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राख्ने चलन भए पनि यहाँ सामूहिक रूपमा जमरा राख्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताए।दशैंको पहिलो दिन तथा घटस्थापनामा  गाउँका सबै मानिसले घरघरबाट जौ लगेर मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन रहेको छ। शक्तिपीठ तथा मन्दिरहरूमा जमरा राख्नुअघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरमा देउरो लग्ने चलन छ।यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौव

छातिमै उमारे दशैँको जमरा

धनगढी : कैलालीमा एकजनाले आफ्नो छातिमा दशैँको जमरा उमारिरहेका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित वडानम्बर ९ मुरकट्टीका नरबहादुर साउदले छातिमा जमरा उमारिरहेका हुन्। उनले घटस्थापनादेखि व्रत बसेर छातिमा जमरा उमारिरहेको बताए। घटस्थापनादेखि विधिवत पूजापाठ गरेर उनले छातिमा जमरा उमार्न घरमै उपवास बसेका छन्।‘एकपटक मात्र खाना खान्छु। त्यो पनि रोटीमात्र’, उनले भने, ‘नवरात्रको व्रत बसेको हुँ। नवरात्रको व्रतका साथसाथै भगवतीप्रति आस्था रहन्छ भनेर यसरी जमरा उमारिरहे

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखामा रहेको अर्को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको छ। पहिल्यैदेखि मनकामनामा त्यहाँका पुजारीले आंफै शुभ साईत निकालेर जमरा राख्ने गर्छन। ‘विधी पुरा गरेर हामीले बिहानै जमरा राख्यौँ’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने। त्यसरी र...

दसैँघरमा जमरा राखियो (तस्बिरहरु)

वसन्तपुरको मूलचोकस्थित दसैँघरमा जमरा राखिएको छ। शुभसाइतमा नेपाली सेनाले बन्दुक पड्काएपछि जमरा राखिएको हो। देशमा कुनै बिघ्नबाधा नआओस् भन्ने मान्यतासहित यहाँ राष्ट्रको तर्फबाट विधिअनुसार जमरा राख्ने गरिन्छ। जौ, गहुँ, धान र...

दसैँघरमा जमरा राखियो (तस्बिरहरु)

आज दसैँको पहिलो दिन घटस्थापनाकाो अवसरमा हिन्दु धर्मावलम्बी नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । त्यसक्रममा नेपाली सेनाको टोलीले विभिन्न मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेको थियो । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

जमरा कसरी राख्ने ? यस्ता छन् विधि

विजयादशमी र जमरा नेपाली संस्कृती एंवम परम्परामा एक अर्कामा परिपुरुक शब्द हो । दशै‌ंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै कानमा लगाइने धान, गहुँ, मकै,जौंका लामा आँकुरा नै जमरा हो ।

जसले कहिल्यै घरमा जमरा राख्दैनन्, कारण छ यस्तो

बागलुङ नगरपालिका–१ खनियाबासका कृष्ण माझी उमेरले  ३४  वर्ष  पुगे।  आफूू  जान्नेबुझ्ने भएपछि  उनले  घरमा  दशैँको  टीका  लगाए पनि  जमरा  राखेको  थाहा  छैन।  दशैँको दिन टीका जमरा त लगाउँछन् तर जमरा मागेर। घरमा जमरा राखेपछि अनिष्ट हुने विश्वासले उनीहरूले जमरा राख्दैनन्। “यही जन्मे, यहीँ हुर्कें,’’ ३४ वर्षीय कृष्ण  माझीले  भने,  ‘अहिलेसम्म  जमरा राखेको  थाहा  छैन,  हाम्रो&n...