बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा रहेका शक्तिपीठमा आइतबार सामूहिक रूपमा जमरा राखिएको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राख्ने चलन भए पनि यहाँ सामूहिक रूपमा जमरा राख्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताए।दशैंको पहिलो दिन तथा घटस्थापनामा गाउँका सबै मानिसले घरघरबाट जौ लगेर मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन रहेको छ। शक्तिपीठ तथा मन्दिरहरूमा जमरा राख्नुअघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरमा देउरो लग्ने चलन छ।यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौव