चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो। विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोर पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्। 

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो

२७ साउन, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ । ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने […]

आजबाट वर्ग थप लाइसेन्सको नयाँ फारम भर्न पाइने, बाइकको पाएकाले कारको भर्न पाउने

काठमाडौं। विभागले लामो समयदेखि बन्द गरेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) मा वर्ग थपका लागि नयाँ फारम खुलाएको

लाइसेन्सका पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ । सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र

सवारी लाईसेन्सको अनलाईन आवेदन आज साँझदेखि खुल्ने, यस अघिका सबै आवेदन रद्द

यातायात व्यबस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवदन प्रणाली सुरु गर्न लागेको छ । विभागले आज मिति २०७९ जेठ १६ गते सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवेदन प्रणाली सुरु गर्न लागेको जनाएको हो ।विभागले नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि applydl.dotm.gov.np मा लगईन गरी नयाँ आवेदन फाराम भर्न सकिने उल्लेख गरेको छ।  त्यस्तै विभागले सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेका अनलाईन आवेदनहरु रद्द गरेको छ । वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागले जनाएको छ ।  यस संगै अब यस अघि वारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि आवेदन दिएकाले फेरि आवेदन दिनु पर्ने भएको छ ।