सवारी लाईसेन्सको अनलाईन आवेदन आज साँझदेखि खुल्ने, यस अघिका सबै आवेदन रद्द

यातायात व्यबस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवदन प्रणाली सुरु गर्न लागेको छ । विभागले आज मिति २०७९ जेठ १६ गते सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवेदन प्रणाली सुरु गर्न लागेको जनाएको हो ।विभागले नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि applydl.dotm.gov.np मा लगईन गरी नयाँ आवेदन फाराम भर्न सकिने उल्लेख गरेको छ।  त्यस्तै विभागले सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेका अनलाईन आवेदनहरु रद्द गरेको छ । वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागले जनाएको छ ।  यस संगै अब यस अघि वारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि आवेदन दिएकाले फेरि आवेदन दिनु पर्ने भएको छ । 

सम्बन्धित सामग्री

एनआईबीएल स्टेबल फन्डमा १ करोड ४४ लाख इकाइको आवेदन रद्द

१६ माघ, काठमाडौं । एनआईबीएल स्टेबल फन्ड (बन्दमुखी योजना)को इकाइ खरिदका लागि परेको ठूलो परिमाणको आवेदन रद्द भएको छ । आवेदनका लागि मंगलबार १ दिनको अवधि बाँकी रहँदै गर्दा सोमबार साँझसम्म ४१ हजार ४६५ जना आवेदकहरुद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाइ खरिदका लागि आवेदन प्राप्त भएको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले जनाएको […]

कीर्ते कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको आवेदन रद्द

काठमाडौँ । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झन्डै २ सय आवेदन रद्द भएका छन् । आवेदन रद्द भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय श्रोतले जनाएको छ । छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया […]

लाइसेन्सका पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ । सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ […]

सवारी अनुमतिपत्रका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले आज साेमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो । अब नयाँ लाइसेन्सका लागि आज बेलुका ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागले जनाएको छ । विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।  ...

लाइसेन्सका लागि अनलाइनबाट दिएका सबै आवेदन रद्द

काठमाडौँ-  यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अहिलेसम्म अनलाइनमार्फत् दिएका सबै आवेदन रद्द गरेको छ। नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै विभागले आएका सबै आवेदनलाई एक मुष्ट रद्द गर्दै पुनः दिन आह्वान गरेको हो। विभागले जारी गरेको सूचनाअनुसार अब लाइसेन्स लिन चाहनेले सोमबार बेलुका ६ बजेदेति नयाँ प्रणालीमा आवेदन दिन सक्नेछन्। लाइसेन्स […]

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

काठमाडौं, १६ जेठ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन […]

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि […]

न्यादी हाइड्रोको आइपिओ बाँडफाँट,करिब १४ हजारको आवेदन रद्द

काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज  (शुक्रबार) आइपिओ बाँडफाँट गरिएको हो।कम्पनीले निष्कासन गरेको आइपिओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।कम्पनीले प्रतिकित्ता रु १०० अङ

इजरायल रोजगारीका लागि नक्कली कागजात पेश गर्ने २७९० जनाको आवेदन रद्द

काठमाडौँ– सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल रोजगारीमा जानका लागि आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्द गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपछि उनीहरुको आवेदन फारम […]