हिजो पहाडी भेगमा धुमधामका साथ होली मनाइयो । तराई–मधेशमा पूर्णिमाको दिन होलिका दहन गरेको भोलिपल्ट मात्र होली मनाउने चलन छ । सोही अनुसार तराई मधेसमा हिजो होलिका दहन भएपछि आज होली मनाइएको छ । तर जनकपुरलगायत विभिन्न क्षेत्रमा भोलि शनिबार पनि होली मनाइने भएको छ । जनकपुरका पत्रकार एवं संस्कृतिकर्मी सुजित झाका अनुसार अन्तरगृह परिक्रमाका कारण जनकपुरलगायत आसपासका क्षेत्रमा यो वर्ष शनिबार मात्र होली मनाइनेछ । १५ दिने मध्यपरिक्रमा सकेको भोलिपल्ट जनकपुरमा नौ किलोमिटर अन्तरगृह परिक्रमा हुन्छ । १५