सङ्खुवासभामा सभाखोलाले बगाएर बेपत्ता भएका बालककाे शव भेटियो

सङ्खुवासभा - सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा सभाखोलाले बगाएपछि बेपत्ता भएका ९ वर्षीय बालक ऋतिक विश्वकर्माको शव भेटिएको छ । उनकाे शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।  गएको २० गते भाइटीकाको दिन पौडी खेल्न गएका विश्वकर्मालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।  बेपत्ता भएको एक हप्तापछि उनको शव बाह्रबिसेभन्दा केही तल रहेको चनौटे दहमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तिहारको भाइटीकाको दिन बाह्रबिसे नजिकै सभाखो...

सम्बन्धित सामग्री

कुश्मामा बाढीले बगाएर बेपत्तामध्ये थप एक जनाको शव भेटियो

पर्वत । पर्वतको कुश्माको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेकामध्ये थप एक जनाको शव भेटिएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका– ३ नौडाँडाका ३४ वर्षीय माधव पौडेलको शव भेटिएको हो । स्याङ्जाको गल्याङ नगरपालिकाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको जिल्ला प्रहरी […]

मकवानपुरमा दुई महिलालाई खोलाले बगायो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्। शनिवार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजे कैलाश-१० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो। खोलाले बगाएर…

बागमती नदीले बगाएर बेपत्ता दुई भारतीय युवकको शव भेटियो

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले बगाएर बेपत्ता दुई भारतीय युवकको आइतबार दिउँसो शव फेला परेको छ।

पाँचथर बाढी : थप एक जनाको शव भेटियो, मृतकको संख्या ३१ पुग्यो

बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।  मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथर

पाँचथरमा बाढीमा बेपत्ता भएका एक जनाको शव भेटियो

पाँचथर – पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको छ । उहाँको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । उहाँलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएकाे थियाे। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोज...

प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव भेटियो

स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर बेपत्ता भएका युवको शव भेटियो

बैतडी : खोलामा बगेर बेपत्ता भएका बैतडीको सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामीको शव भेटिएको छ।आफन्तको मलामी गएका प्रकाश आज बिहान १० बजे नुहाउने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए। उनको शव दिउँसो करिब १ किलोमिटर तल भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।प्रकाशको शव खोलाको बीच भागमा अड्किएको अवस्थामा फेला परेको हो। यस्तै मलामी गएका नरेन्द्र सिंह धामी, वीरेन्द्र सिंह धामी  र नन्द धामीलाई पनि बिहान खोलाले बगाएको थियो।उ

ज्यालादारीको पैसा लिन जाँदा बाढीमा बगेका युवाको शव भेटियो

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिका–६ स्यार्ते पावरहाउस नजिकबाट खानीखोला नदीमा अचनाक आएको बाढीले बगाएर बेपत्ता बनाएका युवाको शव फेला परेको छ।ताल्ढुङ्गा प्रहरी चौकीका असई महेश दाहालले बाढीले बगाएर बेपत्ता भएका खानीखोला–२ खोरभञ्ज्याङ्का २८ वर्षीय अनिल वाईबाको शव बिहीबार दिउँसो सिन्धुलीको हरिहरपुर गाउँपालिका–३ स्थित् तामोर र बागमती नदीको दोभान पीपलमाडी घण्टेमा फेला परेको जानकारी दिए।असई दाहालको अनुसार बुधबार युवा गाउँपालिकाको केन्द्र ताल्ढुंगा जाने क्रममा नदी तर्दै गर्दा बाढीले

बेपत्ता युवकको शव भेटियो

काठमाडौं : पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।बझाङ स्थायी घर भई २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। उनको शव सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो।

सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ। सिनो हाइड्रो परियोजनामा कार्यरत रहेका नेपाली, चिनियाँ र भारतीय नागरिकसहित एकै स्थानबाट कुल ३७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको उनले बताए। ‘अहिलेसम्म ७ जना बेपत्ता भएको कुरा आएको छ, त्यसमध्ये पनि बाढीले नै बगाएर बेपत्ता भएको हो वा आफन्तकोमा गएकाले स...