निजामती सेवा सरकारी सेवाको मियो हो । यसै सेवाअन्तर्गत रहेर राज्यका अन्य सेवा सञ्चालित रहन्छन् । यस्तो महŒवपूर्ण सेवा सञ्चालन गर्ने निजामती कर्मचारीहरूको योग्यताका आधारमा छनोट नियुक्ति तथा पदस्थापन गरी कानुनद्वारा निर्दिष्ट सेवा सर्तका आधारमा विधिसम्मत रूपमा सञ्चालन तथा व्यवस्थापन गरिनुपर्छ । सेवाशर्त कानुनका आधारमा र सञ्चालन सरकारको नीति, निर्देशन र कार्यक्रमको आधारमा हुनुपर्दछ । त्यसैले निर्धारित सङ्गठन संरचना र कार्यप्रकृतिको अधीनमा रही प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निजामती सेवामा विभिन्न सेवा समूहको व्यवस्था गरी कर्मचारीलाई उसको विशेषज्ञता र क्षमताको उपयोग गर्ने व्यवस्था गरिएको हुन्छ ।