भक्तपुर- माघे सङ्क्रान्ति नजिकै आइसक्यो। मध्यपुरथिमि नगरपालिका-४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ। मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेकाे चाकु बनाउने पेसा नाति पुस्तासम्म पनि प्रख्यात छ। माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ। थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको […]