पर्यटकीय नगरी धुलिखेलमा तयार छ, ‘सुपरम्यान जिपलाइन’ । धुलिखेल–८, थाक्लेडाँडाको ‘लन्च प्याड’ देखि पाँचखाल–५, खावामा अवस्थित ‘ल्यान्डिङ स्टेसन’ सम्म करिब १ हजार १ सय मिटर लम्बाइको जिपलाइन रहेको छ ।
पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा सिसाको पुल निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो ।
कालीगण्डकी नदीमाथिको भीरमा निर्माण गरिएको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । पर्वत पर्यटनको हब बन्दै गएकामा तिमिल्सिनाले खुसी व्यक्त गरे ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लंग देख्न सकिन्छ । तल एकै पटकमा १ सय जनासम्मले स्काईब्रिजको आनन्द लिन सक्ने बस्नेतले बताए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो हो’, बस्नेतले भने, ‘अहिले युवा आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं ।’
अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विबश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङ सँगै छ ।
हार्नेस प्रालिले कुस्मा बजारमै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमै २० जोडीले आनन्द लिएको सञ्चालक सुनिल बानियाले जानकारी दिए ।
कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जिपलाइनमा बच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाले बताए । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
कोरोना महामारीकै बीच पोखरामा साहसिक पर्यटनका गतिविधि बढेका छन् । प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर, रक क्लाइम्बिङ, क्यानोनिङ, र्याफ्टिङलगायत गतिविधि भएको पोखरामा सुपरम्यान जिपलाइन र ‘जायन्ट स्विङ’ समेत थपिएका हुन् ।
पर्वत : पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको पर्वतमा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को खेल थपिएको छ।विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको विश्वकै दोस्रो लामो जिपलाइन रहेको पर्वतमा अर्को साहसिक खेलका रूपमा 'विश्वकै सबैभन्दा अग्लो' ‘हाइड्रोलिक स्विङ’ सञ्चालनमा ल्याउन लागिएको हो।कालीगण्डकी नदीमा रहेको बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी १४ सय ८० मिटर लामो सुपरम्यान जिपलाइन सञ्चालन गर्न लागेको ‘द हार्नेस प्रालि’ ले जनाएको छ।८० लाख
२ कात्तिक, पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू […]
कास्की – पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवम् विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ । साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रूचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।
साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जिपलाइन भर्खरै सञ्चालनमा आएको छ । जि...
धरान : धरान उपमहानगरपालिका-४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको उद्घाटन भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।
मुख्यमन्त्रीले उद्घाटन गरेको जिपलाइनमा धरानका उपप्रमुख मन्जु भन्डारीले प्रयोग गरिन्। धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले गरेको उडान सुपरम्यान जिपलाइन ...