पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यबहाक उपकुलपति नियुक्त
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा राजेशनाथ गंगोललाई र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रबहादुर गुरुङलाई कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिइएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को छुट्टै भवनमा कोरोना शंक्रमण (कोभिड—१९) का बिरामीहरूको उपचार गर्ने आइस्योलेसन कोभिड—१९ उपचार केन्द्र सञ्चालनमा आएको छ । प्रतिष्ठानले कोरोनाका बिरामीहरूका लागि छुट्टै भवनमा उपचार गराउने उद्देश्यले रेट्रोफिटिङअन्तर्गत हालै निर्माण भएको डिक्यान्टिन भवनमा आइस्योलेसन वार्ड सञ्चालन गरिएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा विभिन्न रोग पहिचान गर्ने अत्याधुनिक एमआरआई मेसिल सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उक्त मेसिन प्राप्त भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले बताए ।