लिफ्ट प्रविधिमार्फत पानी पुगेपछि आलीगाउँमा हट्यो खानेपानी समस्या

दैलेख : दैलेखको सिमानामा रहेको पञ्चदेवल नगरपालिका–५ आलीगाउँका दलित परिवारले वर्षौंदेखिको दूषित पानी खानुपर्ने बाध्यताबाट छुटकारा पाएका छन्। कर्णाली नदी किनारमा रहेका ५४ घर दलित परिवारले पुस्तौंदेखि कर्णालीको पानी प्रयोग गर्दै आएका थिए। नदीको दूषित पानी प्रयोग गर्दा रोगको संक्रमण हुने गरेको थियो। २९८ जनसंख्या रह...

सम्बन्धित सामग्री

खानेपानी समस्या टार्न ‘बोरिङ’ को पानी

खानेपानीको समस्याले आक्रान्त बनेका पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाले ‘बोरिङ’ प्रविधिको पानीबाट तिर्खा मेटाउने भएका छन् । खानेपानीको स्रोत नजिक नहुँदा टाढाबाट ल्याएको पानीले दीर्घकालीन समाधान हुन नसकेपछि ‘लिफ्ट’ प्रविधि र ‘बोरिङ’ प्रविधिमार्फत स्थानीयले तिर्खा मेटाउने भएका हुन् । पानीका लागि जिल्लाकै समस्याग्रस्त मानिएको उक्त क्षेत्रका धेरै परिवार पानीकै सङ्कटका कारण विस्थापित भएका छन् । शङ्करपोखरीका करिब आठ सय घरधुरी खानेपानीको भरपर्दो विकल्प नहुँदा अझै पनि पानीका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी कमल भुसालले बताउनुभयो । पानीका लागि दशकौँदेखि सङ्घर्ष गर्दै आएको भए पनि नजिकमा स्रोत नभएको र टाढाबाट ल्याएको पानी

काकाकुल बस्तीमा खानेपानी

पुस्तौंदेखिको खानेपानी समस्या भोग्दै आएका फलेबास–३ शंकरपोखरीका करिब १५ सय घरधुरीमा वैशाखभित्रै पानी घरघरै पुग्ने भएको छ । २०७५ फागुनबाट सुरु भएको लमायखोला लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।

मदानीचौरमा खानेपानी अभाव

सुर्खेत  । पूर्वी सुर्खेतको मदानीचौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घन्टा पालो कुर्नुपर्ने बाध्यता  छ । भेरीगंगा नगरपालिका–१०, मदानीचौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीको सास्ती भोगिरहेका छन् । छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीको एउटै धारा हुँदा दैनिक पाँच घन्टा पालो कुरेर पानीको जोहो गर्नुपर्ने बाध्यता कायमै छ । गाउँमा पिउने पानी अभाव भएको वर्षौं बितिसक्दासमेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । मदानीचौरका करिब डेढ सय घरपरिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । पर्याप्त स्रोत अभावले चैत, वैशाखमा घन्टौं लाइनमा बसेर पानी भर्नुपर्ने मदानीचौरबासीको बाध्यता छ । गाउँलेलाई तिर्खा मेटिने गरी पिउन पानीको जोहो गर्न सकस हुने गरेको छ । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत, वैशाखमा पानीको हाहाकार हुने गरेको गाउँलेको भनाइ छ । चैत, वैशाखमा गाउँको एउटै धारामा दुईदेखि पाँच घन्टा पालो कुरेर पिउने पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताए । ‘मदानीचौर पूरै गाउँका लागि एउटा मात्रै धारो छ,’ उनले भने, ‘अरू बेला त अलि पुग्छ । गर्मी मौसम सुरु हुनेबित्तिकै चार/पाँच घन्टा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।’ नुहाउने, लुगा धुने तथा पशु चौपायालाई खुवाउन पनि त्यही धाराको पानी प्रयोग गर्दै आइरहेको उनले सुनाए । गर्मी मौसम सुरु हुनेबित्तिकै गाउँभरि नै हाहाकार हुने हुँदा प्यास मेटिने गरी पिउने पानीको जुटाउनसमेत गाह्रो हुने स्थानीय टीका रानाले बताइन् । गोर्खा वेलफेयर स्किमको सहयोगबाट आर्थिक ०७२/७३ सालमा करिब १ करोड लागतमा निर्माण गरिएको खानेपानी आयोजनाले केही घरधुरीमा सुविधा पुगे पनि उक्त आयोजना आठ महिनामै अवरुद्ध भएको उनले जानकारी दिइन् । उनका अनुसार आयोजना पुनः सञ्चालनमा ल्याउन समितिले चासो नदेखाउँदा पानीको समस्या कायमै रहेको हो । ‘निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरूले गाउँमा खानेपानी पुर्‍याउने वाचा गर्छन्,’ उनले भनिन्, ‘०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले मदानीचौरबासीलाई खानेपानी आयोजना बनाइदिने वाचा गरे पनि कार्यान्वयन गरेनन् ।’ खानेपानीका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको उनको गुनासो छ । ‘चुनावका बेला सबै नेताले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्न आउँछन्,’ स्थानीय मनमाया सुनारले भनिन्, ‘अघिल्लो पटकको चुनावमा भोट माग्न नगरपालिकामा चुनिने र सांसद पनि आएका थिए । जितेकाको म्याद सकिन लाग्यो भन्छन् । हाम्रोमा खानेपानी कहिले आउने हो ।’ भेरीगंगा नगरपालिका उपप्रमुख रेणु ढकाल अबको डेढ वर्षभित्र मदानीचौर गाउँमा खानेपानी समस्या समाधान हुने दाबी गर्छिन् । ‘मदानीचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भइसकेका छन्,’ उनले भनिन्, ‘निर्माण कम्पनीलाई तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेकाले छिट्टै खानेपानी समस्या समाधान हुन्छ ।’ उपप्रमुखले आयोजना तोकिएकै समयभित्र निर्माण गर्ने दाबी गरे पनि निर्माणमा भइरहेको ढिलासुस्तीसँगै पर्याप्त पानीको स्रोत अभावका कारण तत्कालै गाउँको खानेपानी समस्या समाधान नहुने प्राविधिक बताउँछन् । नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर–घरमा तत्कालै धारा पुग्ने अवस्था छैन  । ‘हाल रिजर्भ ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ,’ उनले भने, ‘मुहानबाट रिजर्भ ट्यांकीमा पानी पुर्‍याउने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत् ट्रान्सफर्मर राख्नुपर्नेछ ।’ उनले नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको बताए । ‘मुहानको पानी ट्यांकीसम्म ल्याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकासँग इलेक्ट्रिकल इन्जिनियरिङसम्बन्धी जनशक्ति नहुँदा थप समस्या भएको छ ।’ उनका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुस्किल देखिन्छ । भेरीगंगा नगरपालिकाले क्रमगत योजनाअन्तर्गत आपधारा लिफ्ट खानेपानी आयोजनामार्फत मदानीचौरसम्म पानी पुर्‍याउन हालसम्म करिब डेढ करोड खर्च गरिसकेको १० नम्बर वडाध्यक्ष काशीराम देवकोटाले बताए ।

खानेपानी अभावले स्थानीयको दिनचर्यामा सकस

धनकुटा (अस) । धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ बर्खामा परेको आकाशेपानी ड्रम, घैंटो र बोतलमा भरेर राख्छन् । त्यही पानीले हिउँदभरको आवश्यकता टार्छन् । यस्तै डाडाँबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका–१ थामडाँडाकी पवित्रा राईको आँगनभरि पानी भरिएका प्लाष्टिकका बोतल छन् । दुर्गाबहादुर र पवित्रा पानीको अभाव भएपछि बर्खामा संकलन गरेर राख्ने स्थानीयवासीका प्रतिनिधि पात्र हुन् । धनकुटाको साँगुरीगढी–५ को ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ केराबारी गाउँपालिका–१ पाटीगाउँको थामडाँडाका गरी ३५ घरपरिवारले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन् । यी गाउँका धेरैजसो स्थानीयको यस्तै बाध्यता छ । हिउँदमा पानीको संकट टार्न वर्षात्देखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नुपरेको उनीहरू बताउँछन् । यस क्षेत्रका बासिन्दा विगत १० वर्षदेखि खानेपानीको अभाव भोग्दै आएका छन् । पानीको ठूलो मुहान नहुँदा खानेपानीको जोहो गर्न बर्खामा आकाशेपानी भर र हिउँदमा ड्रम, घैंटो र बोतलमा पानी भरेर राखेको पानीको भर पर्नुपरेको छ । लामो समयसम्म बर्खामा पानी नपर्दा वा हिउँदका लागि पानी जम्मा गरेर नराख्दा ५ घण्टा हिँडेर लिन जानुपर्ने बाध्यता स्थानीयलाई छ । ‘पानी अभावको कारण अड्कलेर खानुपर्छ,’ साँगुरीगढी–५ की मिनाकुमारी तामाङले भनिन्, ‘खानेपानीको  संकटले महिला र बालबालिका बढी जोखिममा छन् ।’ डाँडामा बस्ती भएकाले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको पाटी गाउँकी कमला राईले गुनासो गरिन् । वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती हुने गरेको उनले बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’ पानीको समस्याले बालबालिकाको पढाइ पनि प्रभावित बनेको मीनाकुमारीले बताइन् । बस्तीमा निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल समाधान गर्ने आश्वासन दिने गरेको, तर कार्यान्वयन नभएको गुनसो स्थानीयको छ । खानेपानी अभावकै कारण धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ पाटीगाउँ, थामडाँडाका स्थानीयवासी बसाइँ सर्ने अवस्थामा पुगेका छन् । साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न नसकिएको बताए । ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ ।’ साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले बजेटकै समस्याले यी ठाउँमा खानेपानी सुविधा पु¥याउन कठिन भएको बताए । उनका अनुसार ध्वजेडाँडामा लिफ्टमार्फत खानेपानी पुर्‍याउन कम्तीमा ५ करोड आवश्यक छ । ‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उनले भने, ‘स्थानीय तहसँग सीमित बजेट हुने भएकाले हाम्रो मात्र प्रयासले सम्भव छैन ।’ संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्याख्या गरिएको छ । सो धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुने उल्लेख छ । तर, धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङको पाटीगाउँ, थामडाँडाका स्थानीयले संविधानले नै व्यवस्था गरेको अधिकार समेत उपभोग गर्न पाएका छैनन् ।

तानसेनमा पानी (सम्पादकीय)

अव्यवस्थित बसोवास, वन फडानी, अवैज्ञानिक विकास संरचना निर्माणलगायतका कारण नेपालका कतिपय बस्तीमा पानीको ठूलो समस्या हुने गरेको छ । वर्षायाममा जसोतसो व्यवहार चले पनि हिँउदमा राजधानीलगायतका घनाबस्तीमा खानेपानी समस्या आउने गरेको छ । राजधानी उपत्यकामा मेलम्चीको पानी ल्याएपछि समस्याको दीर्घकालीन समाधान हुने विश्वास छ भने अन्य कतिपय सहरमा यस्ता समस्या समाधानका लागि ठूलो लगानी र समय लाग्ने अवस्था छ । पहाडकी रानी भनिने पाल्पाको तानसेन धोइपखाली त के, खानेपानीकै अभावले छटपटिएको छ । तानसेनको माथिल्लो भागमा पानीको ठूलो स्रोत नभएको, तराई वा उपत्यकामा जस्तो जमिनमुनिबाट पानी निकाल्न नमिल्ने तर बजार विस्तार तीव्र गतिमा हुँदै गरेकाले खानेपानी समस्या विकराल बन्यो । उ जमानाको सीमित जनसङ्ख्यालाई पु¥याएको होलाङ्दी धारा कुवाले धानेन । अन्तिम उपायका रूपमा कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएपछि भने तानसेनवासीको तिर्सना मेटिने विश्वास जागेको छ । आयोजनाको पहिलो चरणअन्तर्गत छ वटा स्टेसनमार्फत एकहजार ४४ मिटर उचाइमा रहेको बतासेडाँडाको ट्याङ्कीमा पानी ल्याइएको छ । छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस पाइप विस्तार, विद्युत् विस्तारका काम पनि सकिएकाले यहाँको पानी प्रतीक्षा लामो हुने छैन । बस्तीको माथिल्लो भागमा पानीको स्रोत नभएपछि लिफ्ट पानी ल्याउनु नै प्रमुख विकल्प हुनेछ । तर यसरी ल्याइएको पानी महँगो मात्र नभई बिजुली वितरणमा हुने अनियमितता तथा पटकपटक बिग्रने कारण धेरै स्थानमा यस्ता आयोजनाको सफलतामा प्रश्न पनि उठाइएका छन् । यस्ता आयोजनाको प्रभावकारी परिचालन र अधिकतम लाभ लिन उपभोक्ताको विशेष सहभागिता र सक्रियता आवश्यक हुन्छ । सङ्घीय सरकारको ९० र स्थानीयको १० प्रतिशत लगानीमा निर्मित करिब ४० करोडको आयोजनाले ५० हजार जनसङ्ख्याको दैनिक ३५ लाख लिटर पानीको आवश्यकता पूर्ति गर्ने बताइएको छ, जसबाट तानसेनको पानीकहर व्यवस्थापन हुनेछ । तर यसलाई उपभोक्ताहरूले आफ्नो आयोजना सम्झेर मर्मत सम्भार, प्राप्त पानीको सदुपयोगमा विशेष ध्यान दिनुपर्छ ।

पुस्तौँको प्रतीक्षापछि खानेपानी

पुस्तौँदेखि खानेपानीका लागि कष्ट भोग्दै आएका पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या समाधान हुने भएको छ। गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या टर्ने भएको हो।

लिफ्ट प्रविधिबाट कालिगण्डकीको पानी तानसेनमा

तानसेन बजारको खानेपानी समस्या समाधानका लागि कालिगण्डकी नदीबाट लिफ्ट प्रविधिमार्फत पानी ल्याउने कार्य सुरु भएको छ ।