मदानीचौरमा खानेपानी अभाव

सुर्खेत  । पूर्वी सुर्खेतको मदानीचौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घन्टा पालो कुर्नुपर्ने बाध्यता  छ । भेरीगंगा नगरपालिका–१०, मदानीचौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीको सास्ती भोगिरहेका छन् । छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीको एउटै धारा हुँदा दैनिक पाँच घन्टा पालो कुरेर पानीको जोहो गर्नुपर्ने बाध्यता कायमै छ । गाउँमा पिउने पानी अभाव भएको वर्षौं बितिसक्दासमेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । मदानीचौरका करिब डेढ सय घरपरिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । पर्याप्त स्रोत अभावले चैत, वैशाखमा घन्टौं लाइनमा बसेर पानी भर्नुपर्ने मदानीचौरबासीको बाध्यता छ । गाउँलेलाई तिर्खा मेटिने गरी पिउन पानीको जोहो गर्न सकस हुने गरेको छ । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत, वैशाखमा पानीको हाहाकार हुने गरेको गाउँलेको भनाइ छ । चैत, वैशाखमा गाउँको एउटै धारामा दुईदेखि पाँच घन्टा पालो कुरेर पिउने पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताए । ‘मदानीचौर पूरै गाउँका लागि एउटा मात्रै धारो छ,’ उनले भने, ‘अरू बेला त अलि पुग्छ । गर्मी मौसम सुरु हुनेबित्तिकै चार/पाँच घन्टा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।’ नुहाउने, लुगा धुने तथा पशु चौपायालाई खुवाउन पनि त्यही धाराको पानी प्रयोग गर्दै आइरहेको उनले सुनाए । गर्मी मौसम सुरु हुनेबित्तिकै गाउँभरि नै हाहाकार हुने हुँदा प्यास मेटिने गरी पिउने पानीको जुटाउनसमेत गाह्रो हुने स्थानीय टीका रानाले बताइन् । गोर्खा वेलफेयर स्किमको सहयोगबाट आर्थिक ०७२/७३ सालमा करिब १ करोड लागतमा निर्माण गरिएको खानेपानी आयोजनाले केही घरधुरीमा सुविधा पुगे पनि उक्त आयोजना आठ महिनामै अवरुद्ध भएको उनले जानकारी दिइन् । उनका अनुसार आयोजना पुनः सञ्चालनमा ल्याउन समितिले चासो नदेखाउँदा पानीको समस्या कायमै रहेको हो । ‘निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरूले गाउँमा खानेपानी पुर्‍याउने वाचा गर्छन्,’ उनले भनिन्, ‘०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले मदानीचौरबासीलाई खानेपानी आयोजना बनाइदिने वाचा गरे पनि कार्यान्वयन गरेनन् ।’ खानेपानीका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको उनको गुनासो छ । ‘चुनावका बेला सबै नेताले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्न आउँछन्,’ स्थानीय मनमाया सुनारले भनिन्, ‘अघिल्लो पटकको चुनावमा भोट माग्न नगरपालिकामा चुनिने र सांसद पनि आएका थिए । जितेकाको म्याद सकिन लाग्यो भन्छन् । हाम्रोमा खानेपानी कहिले आउने हो ।’ भेरीगंगा नगरपालिका उपप्रमुख रेणु ढकाल अबको डेढ वर्षभित्र मदानीचौर गाउँमा खानेपानी समस्या समाधान हुने दाबी गर्छिन् । ‘मदानीचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भइसकेका छन्,’ उनले भनिन्, ‘निर्माण कम्पनीलाई तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेकाले छिट्टै खानेपानी समस्या समाधान हुन्छ ।’ उपप्रमुखले आयोजना तोकिएकै समयभित्र निर्माण गर्ने दाबी गरे पनि निर्माणमा भइरहेको ढिलासुस्तीसँगै पर्याप्त पानीको स्रोत अभावका कारण तत्कालै गाउँको खानेपानी समस्या समाधान नहुने प्राविधिक बताउँछन् । नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर–घरमा तत्कालै धारा पुग्ने अवस्था छैन  । ‘हाल रिजर्भ ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ,’ उनले भने, ‘मुहानबाट रिजर्भ ट्यांकीमा पानी पुर्‍याउने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत् ट्रान्सफर्मर राख्नुपर्नेछ ।’ उनले नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको बताए । ‘मुहानको पानी ट्यांकीसम्म ल्याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकासँग इलेक्ट्रिकल इन्जिनियरिङसम्बन्धी जनशक्ति नहुँदा थप समस्या भएको छ ।’ उनका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुस्किल देखिन्छ । भेरीगंगा नगरपालिकाले क्रमगत योजनाअन्तर्गत आपधारा लिफ्ट खानेपानी आयोजनामार्फत मदानीचौरसम्म पानी पुर्‍याउन हालसम्म करिब डेढ करोड खर्च गरिसकेको १० नम्बर वडाध्यक्ष काशीराम देवकोटाले बताए ।

सम्बन्धित सामग्री

प्यूठानको ऐरावतीमा खानेपानी अभाव

स्वर्गद्वारी, १९ वैशाख । प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधैँ हैरानी व्यहोर्नु परेको छ । ऐरावती गाउँपालिका –६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्व वडा सदस्य […]

धरानमा खानेपानी अभाव, एक वर्षदेखि नेतृत्वविहीन खानेपानी बोर्ड

धरान उपमहानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको चरम अभाव भएको छ। हप्तौंदेखि धारामा खानेपानी नआउँदा स्थानीयबासी समस्यामा परेका छन्। धरान–१३ का हरि कार्कीका अनुसार चैत अन्तिम सातादेखि नै खानेपानी अभाव सुरु भएको हो।...

गुल्मी अस्पतालमा खानेपानी अभाव

गुल्मी – गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेकाे जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ । रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनुभयाे । अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीदेखि ल्याब सञ्चालनमा प्रयोग हुने उपकरणहरू पनि चलाउन समस्या भएकाे उहाँले बताउनुभयाे । आफू अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि दीर्घकालीन...

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

काठमाडौँ,२९ पुष । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् । भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं […]

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

मान्म- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए। “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ […]

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

काठमाडौँ,२५ जेठ । दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी […]

खानेपानी अभाव भएपछि गाउँ छाड्ने बढ्दै

संखुवासभा । संखुवासभामा खानेपानी अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेकालगायत गाउँमा खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् । चैनपुर–१० वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेको वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् । त्यस्तै, सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राईलगायतको घरपरिवार बसाइँ सरेको छ । झिलझिले गाउँका टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाका करिब २ हजार ५०० घरधुरीमा खानेपानी अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् । पिलुवा खोलामा पानी लिन जाँदा दुई घन्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । खानेपानी अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोध गरेका  छन् । रासस

चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव

संखुवासभा – संखुवासभाको चैनपुरका २५ सय परिवारले खानेपानी अभाव झेल्नु परेको छ। गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन्। खानेपानीको चरम अभाव भएपछि पछिल्लो समय बसाइँ सर्न क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्। वर्षौदेखि खानेपानी अभाव भएको कारण […]

लार्फामा खानेपानी अभाव

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा खानेपानी अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानी अभाव सुरु भएको हो । हिउँदे मौसममा सधैं गाउँमा खानेपानीको अभाव हुने गरे पनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समधान नभएको स्थानीय अमनि विश्वकर्माले बताए ।      ‘लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको समस्या छ’, उनले भने, ‘नजिकै खानेपानीको धारा भए पनि हिउँद याममा सुक्ने भएकाले खानेपानीको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन ।’ गाउँमा सबैको खानेपानीको एउटा मात्र धारा भएका कारणले पानी भर्नका लागि बिहानैदेखि पानी लिन आउनुपर्ने र पालोमा कुर्नुपर्ने पालो मिचिएमा झगडा हुने गरेको विश्वकर्माले बताए । स्थानीय सरकार आउँदा पनि खानेपानीको विषयमा कसैले चासो नदिएको स्थानीय जितन विकको गुनासो छ । लार्फा गाउँमा अहिले गाउँपालिका र गैरसरकारी संस्था हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेको वडा अध्यक्ष बिरी विकले बताए । ‘अबको एक महिनाभित्र गाउँमा खानेपानीको धारा जडान हुन्छ’, उनले भने, ‘लार्फा गाउँका एक घरमा एक धारा निर्माणको अन्तिम तयारी रहेको छ ।’ गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भए लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका लार्फा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्षले विकले जानकारी दिए । रासस