जाजरकोट : जिल्ला अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउन अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो। खरिद गरेदेखि अहिलेसम्म नै भेन्टिलेटर बन्द कोठामै राखिएको हो। प्रदेश सरकार मातहत रहेको अस्पतालमा भेन्टिलेटर ल्याइएपनि प्रयोग नहुनु पीडादायी भएको डाक्टरहरू बताउँछन्। नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँ अभाव भएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टीकाराम जैसी बताउँछन