राजस्व हिनामिना गरेको अभियोगमा उच्च अदालत पाटनले एक प्रतिवादीबाट माग गरेको ७५ लाख धरौटी रकमको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएर २५ हजार रूपैयाँ मात्र धरौटी माग गरेको छ ।
ब्लू बुक ट्रेडर्स र जेएन सप्लायर्सको नाममा व्यापारिक संस्थाको कारोबारमा राजस्व चुहावट गरिएको मुद्दामा प्रतिवादी उमाशंकर राय भरबाट उच्च अदालत पाटनले ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेकोमा २०७७ फागुन १९ गते उच्च अदालत पाटनले उक्त प्रतिवादीबाट ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो । उक्त ...