जेठ ४, टोकियो । जापानको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले खुम्चिएको छ ।
सुस्त गतिमा अगाडि बढेको कोभिड–१९ विरोधी खोप अभियान र महामारीका कारण खपत घटेपछि आर्थिक संकुचन अनुमान गरिएभन्दा धेरै भएको हो । यसले जापानलाई मन्दीको चपेटाबाट उकास्न प्रयासरत नीति निर्माताहरुमाथि चुनौती थपिदिएको छ ।
पहिलो त्रैमासमा जापानको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले खुम्चिएको मंगलवार सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
यो अर्थशास्त्रीहरुले अनुमान गरेकोभन्दा धेरै हो । सो अवधिमा अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले खुम्चने अनुमान अर्थशास्त्रीहरुले गरेका थिए । अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र ११ दशमलव ६ प्रतिशतले खुम्चिएको थियो ।
महामारीले गर्दा स्वास्थ्य क्षेत्रमाथि चााप बढेको छ । तर खोप अभियान निकै सुस्त गतिमा अगाडि बढिरहेको छ । यसका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) महामारी पूर्वको स्तरमा फर्किन वर्षको अन्तयसम्म लाग्ने क्यापिटल इकोनोमिक्समा वरिष्ट जापानी अर्थशास्त्री मार्सेल थिएलिएन्टको भनाइ छ ।
राजधानी टोकियो समेत केही प्रिफेक्चरहरुमा संक्रमण नियन्त्रण गर्न लगाइएको आपतकाल अर्को तीन हप्ता थप गरेर अप्रिलको अन्त्यमा पुर्याइएको छ भने आपतकाल लगोका प्रिफेक्चरको संख्या १० पुर्याइएको छ । यसले गर्दा चालू त्रैमासमा पनि आर्थिक पुनःबहाली सुस्ताउने अपेक्षा गरिएको छ । एजेन्सी
साँझ ४ : ४० बजे पुन: सम्पादन गरिएको