काठमाडौं, चैत १६ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको आन्तरिक परीक्षाको परिणाममा भ्रष्टाचार गरेको दाबीसहित ६ जनाविरुद्ध जरिवाना र सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ। अख्तियारले त्रिवि सेवा आयोगले २०७३ फागुन १८ मा लिएको परीक्षाको परिणाम अदलबदल गरी भ्रष्टाचार गरेको ठहर गर्दै त्यसमा संलग्न भएको अभियोगमा प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक, […]