फ्रान्सले थाल्यो युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाको तयारी

फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदम प्रस्ताव गर्ने भएको छ । एलिसी दरबारले शुक्रबार दिएको जानकारीअनुसार पेरिसले त्यसको तयारी गरिरहेको छ । युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरू जापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा रहेको पाँचौं प्लान्ट हाल सिल गरिएको छ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका  निर्देशकसँग भ

सम्बन्धित सामग्री

युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत ग्रिडबाट काटियो

युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ […]

युक्रेनको जापोरिज्जिया आणविक केन्द्र जोखिममा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका आणविक पर्यवेक्षक प्रमुखले रूसी सेनाले घेरिएको युक्रेनी आणविक केन्द्रले पाँच दिनमा दोस्रो पटक महत्वपूर्ण सुरक्षा प्रणाली गुमाएको र त्यो सुरक्षा जोखिममा रहेको बताएका छन् ।

युक्रेनकाे आणविक केन्द्र नजिकै रुसी क्षेप्यास्त्र प्रहार

युक्रेन (किभ) । एउटा रुसी क्षेप्यास्त्र दक्षिणी युक्रेनको एउटा आणविक उर्जा केन्द्र नजिकै खसेको युक्रेनी अधिकारीहरूले बताएका छन् । सो क्षेप्यास्त्र अन्य औद्योगिक उपकरणमा खसेको र नजिकै रहेका तीनवटा आणविक रियाक्टरलाई यसबाट कुनै क्षति नपुगेको बताइएको छ । युक्रेनी अधिकारीहरूले सोमबार यस घटनालाई 'आणविक आतंकवाद'को संज्ञा दिँदै भर्त्सना गरेका छन् ।  आफ्ना फौजले युद्धभुमिमा...

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् । आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...