बाँसले बजार पाउन थालेपछि आम्दानी लिँदै किसान

तेह्रथुम– सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो । गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन् । गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले […]

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् । पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।” व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

ओखर बेचेर मनग्य कमाउँछन् जुम्लाका किसान

जुम्लाका दर्जनौं किसान र व्यापारी सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर दाँते ओखर बेची लाखौंसम्म आम्दानी गर्छन्।...

बाख्रापालनबाट मनग्गे आम्दानी

“राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै” भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान छन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट । उनले अहिलेसम्म […]

बाख्रापालनबाट मनग्गे आम्दानी,बार्षीक लाखौँको कारोबार

“राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रिलिया यै” भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुनुहुन्छ जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट । उहाँले अहिलेसम्म […]

बाख्रापालनबाट मनग्य आम्दानी

बझाङ – ‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै’ भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट ।  उनले […]

अलैची खेतीमा आकर्षित हुँदै सिन्धुलीका किसान

उत्पादित अलैचीको बजार सहजै हुनेभएपछि किसानहरु खोल्सा खाल्सी र ओसिलो बारीमा अलैची धमाधम रोप्न थालेका छन्। रोपेको दुई देखि तीन बर्षमा अलैचीले आम्दानी दिने भएपछि किसानहरुले अलैची खेती गर्न थालेका हुन्।...

तालेजुङमा उत्पादित किवीले बजार पाएन, लगानी डुब्ने चिन्तामा किसान

पुस २०, तालेजुङ । बजार अभावका कारण तालेजुङमा उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवी खेतीको आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा संलग्न किसान चिन्तित भएका छन् । ताप्लेजुङमा पाँच/सात वर्षअघिदेखि किसानले किवीखेती शुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन शुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ ।  किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो । सिरिजंगा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ । यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनु पर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।  यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलो रू. ६०० सम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रू. ८० देखि १०० सम्ममा खरीदविक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनु परेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ ।  किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए । रासस

केराको थाम बिक्रीबाट मनग्य आम्दानी

जनकपुरधाम : जनकपुरधामसहित मिथिला क्षेत्रमा तिहार (दीपावली) केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ। तिहारको लक्ष्मीपूजाका दिन घरघरमा स्वागतद्वार बनाउन केराका थाम किन्ने भएकाले किसानका लागि आयआर्जको विशेष अवसर भएको हो।ट्रयाक्टरमा जनकपुरधाम बजार पुर्‍याई प्रतिगोटा २५० देखि ३०० रुपैयाँमा बेचेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडीयाका किसान सुशील सिंहले बताए। यसबाट राम्रै आम्दानी भएको उनको भनाइ छ। धनुषा र महोत्तरीका विभिन्न बस्तीबाट केराका थाम बिक्री हुने गरेको छ। दीपावलीको लागि जनक