अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

ढोरपाटन (बागलुङ), ११ चैत । बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो । सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि […]

सम्बन्धित सामग्री

१० करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । “काठमाडौँ उपत्यकामा यात्रुको […]

सामाखुसी यातायातले सञ्चालनमा ल्यायो २० विद्युतीय माइक्रो

सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ।

बसपछि २५ वटा विद्युतीय माइक्रोबस किन्दै साझा यातायात

काठमाडौं । साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस ल्याउने भएको छ । हाल ठूला विद्युतीय बस संचालन गरिरहेको साझाले आफ्नो सेवा विस्तार गर्न विद्युतीय माइक्रोबस ल्याउने भएको हो । सोमबार एक सूचना जारी गर्दै साझाले २५ वटा विद्युतीय माइक्रोबस र ५ वटा इलेक्ट्री स्कुटर खरिदका लागि टेन्डर आह्वान गरेको हो । इच्छुक बिक्रेताले एक महिना […]

गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा

गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समिति गुल्मीका

अब बागलुङ-पोखरा विद्युतीय माइक्रोबस सञ्चालनमा

बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।

अब बागलुङ-पोखरा विद्युतीय माइक्रोबस सञ्चालनमा

बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।

बिजुली बसको भाडा पनि डिजेलकै सरह

४ पुस, काठमाडौं । काठमाडौं रानीवनबाट रत्नपार्कको सार्वजनिक रुटमा गत साताबाट विद्युतीय माइक्रोबस सेवा सुरु भयो । यसअघि डिजेलबाट चल्ने मिनीबस र माइक्रोबस चल्ने यो रुटमा विद्युतीय गाडीले सेवा दिन थालेपछि धेरैले सोचेका थिए ‘अब गाडी भाडा घट्छ कि ।’ किनभने बिजुली गाडीलाई त दिनदिनै डिजेल हाल्नुपर्दैन, ब्याट्री चार्ज गरे भइहाल्छ । रानीबनबाट रत्नपार्क आउँदा […]

रसुवागढी नाकाबाट २२ ओटा विद्युतीय माइक्रोबस आयात

कात्तिक ११, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ ओटा माइक्रोबस बुधवार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दशैंलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।  दशैंअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जानकारी दिएको छ । सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पांग्रा होचा भएका कारण कच्ची सडकमा गुडाएर काठमाडौं लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् ।  रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ । दशैं अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवम् उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवम् सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ । सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।  आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रू. ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् । रासस

रसुवा नाकाबाट १२ सिटे विद्युतीय माइक्रोबस भित्रिए

नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा  माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ ।