काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । “काठमाडौँ उपत्यकामा यात्रुको […]
काठमाडौं । साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस ल्याउने भएको छ । हाल ठूला विद्युतीय बस संचालन गरिरहेको साझाले आफ्नो सेवा विस्तार गर्न विद्युतीय माइक्रोबस ल्याउने भएको हो । सोमबार एक सूचना जारी गर्दै साझाले २५ वटा विद्युतीय माइक्रोबस र ५ वटा इलेक्ट्री स्कुटर खरिदका लागि टेन्डर आह्वान गरेको हो । इच्छुक बिक्रेताले एक महिना […]
ढोरपाटन (बागलुङ), ११ चैत । बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो । सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि […]
४ पुस, काठमाडौं । काठमाडौं रानीवनबाट रत्नपार्कको सार्वजनिक रुटमा गत साताबाट विद्युतीय माइक्रोबस सेवा सुरु भयो । यसअघि डिजेलबाट चल्ने मिनीबस र माइक्रोबस चल्ने यो रुटमा विद्युतीय गाडीले सेवा दिन थालेपछि धेरैले सोचेका थिए ‘अब गाडी भाडा घट्छ कि ।’ किनभने बिजुली गाडीलाई त दिनदिनै डिजेल हाल्नुपर्दैन, ब्याट्री चार्ज गरे भइहाल्छ । रानीबनबाट रत्नपार्क आउँदा […]
काठमाडौं । सार्वजनिक सवारीसाधनलाई विद्युतीय चलाउने बहस चलिरहेको समयमा एकपछि अर्को विद्युतीय माइक्रोबस नेपाल आइरहेको छ । यही क्रममा एमएडब्लू वृद्धिले फोटोनको इलेक्ट्रीक माइक्रोबस नेपाल ल्याएको हो । कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका फोटोनको माइक्रोबस निकै किफायती संचालन खर्च लाग्ने यूरोपियन स्टायडर्डको विद्युतीय सवारीसाधन हो । एमएडब्लू वृद्धिका अनुसार यसमा ५०.२३ किलोवाट आवरको […]
कात्तिक ११, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ ओटा माइक्रोबस बुधवार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ ।
चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दशैंलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
दशैंअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जानकारी दिएको छ ।
सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पांग्रा होचा भएका कारण कच्ची सडकमा गुडाएर काठमाडौं लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् ।
रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ ।
दशैं अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवम् उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवम् सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ ।
सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रू. ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् । रासस
नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ ।