वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ।
भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा ...
सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ । हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ । उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका ताम
लामो सेतो कपाल भएका ८३ वर्षीय केनिची होरी प्रशान्त महासागरको एकल एवम् अविराम यात्रा पूरा गर्ने संसारको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनन्सत्तरी दिनअघि सानफ्रान्सिस्को बन्दरगाहबाट सानो डुङ्गा लिएर एक्लै यात्रामा निस्केका उनले शनिबार बिहानै जापानको पश्चिमी तट किइ स्ट्रेट पार गरी आज घर फर्कदा स्थानीय बासिन्दा र समर्थकहरूलाई ‘आफू अझै युवावस्थाको बीचमा रहेको …
संसारमा एउटा यस्तो घर छ, जसलाई सबैभन्दा सुनसान घर भनेर चिनिन्छ । अमेरिकाको वोहोआ बे स्थिति Duck Ledges टापुमा एक्लै रहेको उक्त घर डेढ एकड क्षेत्रफलमा फैलिएको छ । बोल्डकोस्ट प्रोपर्टिजका एजेन्स बिल्ली मिलिकेनको स्वामित्वमा रहेको उक्त एक बेडरुमवाला घर बिक्रीमा राखिएको छ । सन् २००९ मा बनेको उक्त घर सानो भए पनि वास्तवमै आलिशान […]
भदौ २६, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यवस्थापनका लागि गाउँपालिकाले नीति, योजना र बजेट विनियोजन गरेपछि घरघरमा धारा जडान भएको हो ।
गाउँपालिकाले प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।
गाउँपालिकाभित्र रहेका प्रायःजसो बस्तीहरुभन्दा तल्लो भागमा पानीका स्रोतहरु भएका कारणले गर्दा पनि यहाँका बासिन्दा खानेपानीको समस्याबाट पीडित हुँदै आएका थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि खानेपानी योजनाहरु सञ्चालन गरेर समस्याको समाधानतर्फ लागेको संयोजक अधिकारीको भनाइ छ ।
उनका अनुसार सातओटा वडामा आव २०७६/७७ को अन्तिमसम्ममा २२ ओटा खानेपानी योजनमार्फत दुई हजार १२६ घरधुरीमा खानेपानी विस्तार गरिएको थियो । आव २०७७/७८ मा आठओटा योजनामार्फत एक हजार १८० घरधुरी गरी कुल ३० ओटा खानेपानी योजना सम्पन्न गरी कुल तीन हजार ३०६ घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरी खानेपानीको पहुँच पुर्याइएको छ ।
चालु आव २०७८/७९ मा १७ ओटा खानेपानी योजना सञ्चालनका क्रममा रहेका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । उनका अनुसार उक्त योजनाबाट बाँकी रहेका एक हजार ७११ घरधुरी लाभान्वित हुने र सिंगो गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरी खानेपानीको सहजता हुनेछ ।
छोटो समयमै खानेपानीको समस्या समाधान गर्ने कार्यमा पालिकासँगसँगै स्थानीयवासीको पनि उत्साहजनक लागत सहभागिता रहेको अध्यक्ष थापाको भनाइ छ ।
‘समृद्ध गाउँपालिका, सुखी नागरिक’ को मर्मलाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकका समस्यालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने र त्यसको कार्यान्वयनमा जोड दिँदै आएअनुरुप खानेपानी तथा सिँचाइका लागि पानीको स्रोत व्यवस्थापन गरी वितरण गर्दै आएको छ ।
गाउँपालिकामा निर्माण सम्पन्न भएका ३० खानेपानी योजनमध्ये वडा नं १ मा जरुवा लिफ्टिङ खानेपानी योजना सबैभन्दा ठूलो योजना रहेको छ भने वडा नं २ मा सबैभन्दा सानो कुटगन दाउन्ने खानेपानी योजना रहेको छ । करेकुवा योजनाअन्तर्गत ३७५ घरधुरी लाभान्वित छन् भने कुटगन योजनाअन्तर्गत ६ घरधुरी लाभान्वित भएका वास संयोजक अधिकारीले जानकारी दिए ।
यसैगरी लामो समयदेखि खानेपानीको समस्या झेल्दै कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको छ । गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्यांकी निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीको भनाइ छ ।
मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । ‘यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो’, अध्यक्ष थापाले भने, ‘त्यो पनि पर्याप्त थिएन, घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।’
घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाको भनाइ छ ।
प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ । ‘खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।’ रासस
रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् ।
सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन ।
२ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ ।
विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् ।
दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।
काठमाडौं । कुनै समय काठका घरबाट पत्थरका घर र पत्थरका घरबाट आधुनिक पक्की घर बनाउने होडबाजी नै चलेको थियो । त्यही होडबाजीअनुरूप पुराना डिजाइन क्रमशः नासिँदै गए र नयाँ डिजाइनका घरले अधिपत्य जनाए ।
तर, पछिल्लो समय भने घर निर्माण गर्दा नयाँ प्रयोगका रूपमा पुरानो डिजाइनलाई त्यत्तिकै महत्व दिइएको पाइन्छ । यसरी गरिने पुरानो डिजाइनलाई नियोक्लासिकल डिजाइन भनिन्छ । विशेषगरी राणा र शाहकालीन दरबार यस डिजाइनअन्तर्गत पर्छन् । १८ औं र १९ औं शताब्दीमा युरोपमा यस्तो डिजाइनका केही दरबार बनेकामा चाँडै यसले विश्वभर आफ्नो प्रभुत्व जमाएको थियो ।
राणा र शाहकालमा बनेका दरबार यही डिजाइन पछ्याएर बनाइएको हो । अहिलेको सिंहदरबार, नारायणहिटी संग्रहालयलगायत दरबार र अन्नपूर्ण, याक एन्ड यती, सोल्टीलगायतका होटलको डिजाइन पनि यसैअन्तर्गत निर्माण गरिएको छ । यद्यपि, निजी आवासका लागि यस्तो डिजाइनको प्रयोग हुन थालेको भने खासै लामो समय भएको छैन ।
तपाईं पनि यस्ता डिजाइनको घर निर्माण गर्दै हुनुहुन्छ भने केही विषयमा जानकार हुनैपर्छ । सर्वप्रथम त सामान्य डिजाइनभन्दा यसको डिजाइन महँगो पर्छ । यसैगरी यस्तो घर सानो जग्गामा बनाएर हुँदैन । घर बनाउन कम्तीमा १० आना जमिन आवश्यक पर्दछ । घर बनाइसकेपछि अगाडि बगैंचा बनाउन पनि त्यत्तिकै आवश्यक हुन्छ । बगैंचाले घरको सौन्दर्य थप्छ । त्यस कारण यस्ता संरचनाका लागि फराकिलो ठाउँ अनिवार्य हुन्छ ।
अर्को ध्यान दिनुपर्ने काठमाडौंलगायतका सहरमा यस्तो घर बनाउन मुस्किल हुन्छ । घर बनिसकेपछि पनि धुलो, धुवाँ र वरिपरिको वातावरणले त्यसलाई प्रभाव पार्छ । त्यसैले यस्ता सहरमा घर बनाउँदा फराकिलो स्थानको छनोट गर्न आवश्यक छ ।
नियो–क्लासिकल डिजाइन अलिकति भिन्न हुन्छ र यो सदाबहार पनि हो । यो हेर्दा आकर्षक देखिन्छ भने विलासिताको अनुभूति दिन्छ । यस्तो घर निर्माण गर्दा जग्गाको छनोटपछि सबैभन्दा बढी ध्यान दिनुपर्ने डिजाइनमै हो । त्यस कारण तपाईंले निर्माण गर्न चाहेअनुसार डिजाइन इन्जिनियरलाई बताउनुहोस् । डिजाइनको काम सकिएपछि ठेकेदार छनोटमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । भिन्टेज डिजाइनको राम्रो ज्ञान भएको व्यक्तिलाई ठेकेदारका रूपमा छनोट गर्न आवश्यक हुन्छ ।
डिजाइनको काम सकिएपछि तपाईंले निर्माणका क्रममा खासै बढी समय दिनुपर्दैन । तर, डिजाइनकर्तासँग छलफल गरेर तिनको सुझावअनुसार घरलाई आवश्यक सामग्री जुटाउने काम गर्नुहोस् । भर्याङ, फ्रेमवर्क, आर्किटेक्चर र स्ट्रक्चर डिजाइन, पाइप फिटिङ गर्दा आधुनिक सामानलाई पुरानो डिजाइनअनुरूप बुट्टा भर्न लगाउनुहोस् । यसैगरी बत्ती, कार्पेट, फर्निचर, पर्दा, टेबल, कुर्सी, दराज, पर्दा, ऐनालगायत सामग्री छान्दा पुराना दिन सम्झाउने गरी छनोट गरेर तिनलाई व्यवस्थापन गर्दा कहाँ राख्दा बढी आकर्षक देखिन्छ भन्ने बुझाइ फराकिलो हुन सक्छ । यस्ता सामग्री सकभर अधिकांश काठका छनोट गर्नुहोस् र तिनमा बुट्टा, डिजाइन पनि त्यसैअनुरूप गर्नुहोस् ।
यसपछि तपाईंको घर तयार हुन्छ । घरमा रंग लगाउँदा सकभर सेतो नै छनोट गर्दा उत्तम हुन्छ । ध्यान दिनुहोस्, घरको सजावट गर्दा अनावश्यक र नयाँ आधुनिक देखिने सामग्री भने नथुपार्नुहोस् ।
निर्माण भइसकेपछि अत्यावश्यक कुरा भनेको बेलाबेला गर्नुपर्ने मर्मतसम्भार नै हो । मर्मतसम्भार गरिएन भने घरको डिजाइन बिग्रिएर नियो–क्लासिकल सौन्दर्य दिन छाड्छ र पूरा लगानी जोखिममा पर्न सक्छ ।
(इन्जिनियर निर्पेश तन्डुकारसँगको कुराकानीमा आधारित)
कुमसुमखोला आगलागी पीडित चेपाङ परिवारले खाद्यान्न भन्दा बास सबैभन्दा पहिला आवश्यकता भएको बताएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज प्रशसानले चितवनको माडी कुसुमखोलामा बस्दै आएका चेपाङको १० वटा घर जलाएपछि उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । घर जलेपछि दाल चामल राहतको लागि दिन आउने गर्दछन् तर राख्ने ठाँउ छैन जगराम चेपाङले भन्नुभयो । पानी परेको छ ओत लाग्ने ठाँउ छैन दिएको राहत कहाँ राख्ने उहाले भन्नु भयो ‘सानो त्रिपाल छ त्यसले पानी ओत्दैन, सामग्री जोगाउन समस्या छ ।’
लमजुङको सबैभन्दा विकट दूधपोखरी गाउँपालिका अन्तर्गत दुई गाउँमा घरघरै धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । एक घर एक धारा अभियानअन्तर्गत दूधपोखरी गाउँपालिका–३ साविक इलमपोखरी अन्तर्गत ठूलो काभ्रे र सानो काभ्रेका एक सय ६३ घरमा धारा निर्माण भएको हो ।
योजनाअन्तर्गत ठूलो काभ्रेका ७२ घरधुरी र सानो काभ्रेका ९१ घरधुरीमा प्रत्येक घरमा खानेपानी आयोजना निर्माण भएको हो । सोबाहेक ठूलो काभ्रेमा चारवटा सार्वजनिक धार निर्माण भएको महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरेले बताए ।
वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ ।