कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्या-पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरू भएको छ। ‘पर्यटकीय सम्भावनाको पुञ्ज-शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरू भएको महोत्सव एक सातासम्म चलाइनेछ।वन तथा वातावरणमन्त्री प्रेम आले मगरले महोत्सव उद्घाटन गर्दै निकुञ्जको प्रचारप्रसार गरी पर्यटक बढावामा जोड दिनुपर्ने बताएका छन्।कोभिड-१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव