दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले सुकुम्वासीकाे लगत सङ्कलन गरी तत्काल लालपुर्जा वितरण गर्ने निर्णय गर्नुभएको छ ।
आज बिहीवार पदबहाली गर्दै मेयर खड्काले अव्यवस्थित बसोवास र सुकुम्वासीकाे समस्या समाधान गर्ने पहिलो निर्णय गर्नुभएको हो । यसैगरी ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि भएको छ ।
७० वर्ष पुगेका ज्येष्ठ नागरिक, दुई महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको छ ।
तस्बिर : सुशील खड्...