भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमि बिहिनहरुलाई बुधबार जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरेकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताइन् ।मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा रा