करापुटार– डढुवा सडकखण्ड ढलान हुँदै

लमजुङ । करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकखण्ड अन्तर्गत करापुटार –डढुवा सडकखण्ड ढलान गरिने भएको छ । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्ड अन्तर्गत नगरपालिकाको वडा नं ७ करापुटारदेखि वडा नं ८ डढुवासम्मको ९ किलोमिटर सडक  ढलान गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारको ३१ करोड २३ लाख ३० हजार २६९ रुपैयाँ लागतमा ढलान गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

तानसेन-रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

पाल्पा : तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने

भीमफेदी कुलेखानी दक्षिकाली सडकखण्ड बन्द

मकवानपुर, २० पुस । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ । दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला […]

तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द

काठमाडौँ, १९ चैत । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो मार्ग […]

पहिरोले गल्छी –देविघाट सडकखण्ड अवरुद्ध

नुवाकोटको बेल्कोटगढी नगरपालिका ७ स्थित बुधसिङमा पहिरो जाँदा गल्छी –देविघाट सडकखण्ड अवरुद्ध बनेको छ । रातिदेखिको अविरल वर्षाले सडकमाथिबाट खसेको पहिरोले बाटो अबरुद्ध गरेपछि गल्छीबाट सोहिबाटो हुँदै नुवाकोट र रसुवा जाने...

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसा

पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध

बागमती । गए रातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त […]

धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र

काठमाडाैँ – रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम सडकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो । यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी प्रालि महारजगञ्ज काठमाडौँले कामको जिम्मा पाएको छ । उसले रु २९ […]

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उनले बताए । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रम

पहिरोले कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।

पहिरो पन्छाएसँगै सञ्चालनमा आयो भीमफेदी-कुलेखानी सडकखण्ड

हेटौंडा : पहिरो पन्छाएसँगै हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दुरीको मार्ग भीमफेदी( कुलेखानी सडकखण्ड सञ्‍चालनमा आएको छ।बिहीबारदेखिको अविरल वर्षाका कारण भीमफेदी  गाउँपालिका-६ देउराली नजिक खसेको पहिरो पन्छाएसँगै भीमफेदी-कुलेखानी सडकखण्ड सञ्‍चालनमा आएको हो। सडक विभागसँगको समन्वयमा जेसिबीले पहिरो पन्छाएर सडक सञ्‍चालनमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पहिरो हटाएपछि  भीमफेदी-कुलेखानी हुँदै ओहोरदोहोर गर्ने सवारीहरु निर्वाध रूपमा स