हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।