हेटौंडा : पहिरो पन्छाएसँगै हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दुरीको मार्ग भीमफेदी( कुलेखानी सडकखण्ड सञ्चालनमा आएको छ।बिहीबारदेखिको अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका-६ देउराली नजिक खसेको पहिरो पन्छाएसँगै भीमफेदी-कुलेखानी सडकखण्ड सञ्चालनमा आएको हो। सडक विभागसँगको समन्वयमा जेसिबीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पहिरो हटाएपछि भीमफेदी-कुलेखानी हुँदै ओहोरदोहोर गर्ने सवारीहरु निर्वाध रूपमा स