काठमाडौं महानगरपालिका–६ कपन, फैकास्थित ठुलीआमाको घरको कोठामा लिभिङ टुगेदर बसेका अनिश जिमी र युसिना राईको मृत्युमा बाहिरी मानिसको प्रवेश नभएको प्रहरीको निष्कर्ष छ । बिहीबार मध्यराती खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएकी थिइन् । उनका प्रेमी संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमीलाई आफन्त र छिमेकीले ढोका फुटाएर अस्पताल लगे तर, अस्पताल पुग्नासाथ उनको मृत्यु भएको थियो ।कोठाभित्र मदिरा र चुरोट पिउँदै पब्जी खेलिरहेकी युसिनाको शरिमा १४ ठाउँमा छुरीले प्रहार गरेको डोबहरु भेटिएको छ । अनिश