काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय तलब सुविधा आयोगले पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर उचित सुझाब दिने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार मन्त्रालयमा संयोजक तथा सदस्यहरुलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सरकारले सबैलाइ न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुबिधा उपलब्ध गराउन आयोगबाट यथार्थपरक सुझाव प्राप्त गर्ने विश्वास ब्यक्त गर्नु भएको हो । […]