पैसा नभएको चेक दिने पक्राउ, ७ दिन कैद र ७ लाख जरिवाना हुने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँको सुन्दरीजलबाट पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई लक्ष्मी बैंकको चेक दिएका थिए । सोहीअनुरुप उच्च अदालत पाटनले २०७७ चैत ८ गते सुन्दासलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम सात दिन कैँद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

सम्बन्धित सामग्री

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा, कचनकवल गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका …

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका,९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई...

बैंकिङ कसूरमा फरार ढुंगाना पोर्चुगलबाट पक्राउ

काठमाडौँ - बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ बस्ने ४३ वर्षीय केदार ढुंगाना पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतबाट २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते कसूर गरी १० वटा मुद्दामा ढुंगानालाई १० वर्ष कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । …

पाल्पामा तीन फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ । प्रहरीका अनुसार रामपुर नगरपालिका–३ का ५० वर्षीय खगनाथ न्यौपाने, रम्भा गाउँपालिका–१ का ४९ बर्षीय कृष्ण प्रसाद पाठक र नस्दी गाउँपालिका–१ का ६० वर्षीय वीरबहादुर पुलामीलाई अदालतमा पेश गरिएको हो ।न्यौपानेलाई बैकिङ्ग कसुर मुदमा ७ लाख ३० हजार जरिवाना बुझाउन बाँकी रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाठक बहुविवाह मुद्दामा एक बर्ष ३ महिना कैद सजाय भई फरार रहेका थिए भने पुलामी जबरजस्ती क

१ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । लेनदेन मुद्दाका फरार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–४ घर भएका शालिकराम कुँइकेललाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बारा घर भएकी बेवीकुमारी सिंह भण्डारीले दायर गरेको लेनदेन मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।जिल्ला अदालत काठमाडौंले ०७२ असारमा उनलाई ७ लाख जरिवाना र १ वर्ष कैद हुने फैसला गरेको थियो । उच्च अदालत पाटनले सो फैसला सदर गरेपछि कुँइकेल फरार भएका थिए ।उच्च अदालतले ०७३ मंसिर १६ मा जिल्ला अदालतको