काठमाडौँ - बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ बस्ने ४३ वर्षीय केदार ढुंगाना पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतबाट २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते कसूर गरी १० वटा मुद्दामा ढुंगानालाई १० वर्ष कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
…