ताइवान आसपास सैन्य अभ्यास सुरु गरेपछि सात देशले भने, ‘चीनको कारबाहीले अस्थिरताको जोखिम बढायो’

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ ।ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ ।चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ ।ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।चीनको चेतावनीको ब

सम्बन्धित सामग्री

ताइवानलाई तर्साउन झनै आक्रामक बन्यो चीन

काठमाडौं । चीन (China) को पिपुल्स लिबरेशन आर्मीको जलसेनाले पहिलो पटक ताइवान (Taiwan) माथि simulated strikes by aircraftको अभ्यास गरेको छ । ताइवान आसपासको सैन्य अभ्यास तेस्रो दिन पनि जारी रहँदा सोमवार भने चीनले पूर्वतिरबाट ताइवानमाथि नक्कली हवाई हमलाको अभ्यास गरेको हो ।  ताइवानका राष्ट्रपति आफ्नो १० दिने अमेरिका (America) भ्रमण सम्पन्न गरेर फर्किएपछि चीनले आफ्नो शक्ति प्रदर्शन तीव्र पारेको हो । यस अभ्यासमा दर्जनौं लडाकु विमान र युद्धपोतको प्रयोग गरिएको छ । यसबारे सोमवार नै ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरेको छ । चीन सेनाले ती दिने सैन्य अभ्यासको तयारीको घोषणा गरेको थियो ।  ताइवानी राष्ट्रपति साई इ–वेन मध्य अमेरिका र अमेरिकाको भ्रमण सकेर शुक्रवार मात्रै ताइवान आएका थिए । सोको एक दिनपछि शनिवार चीनले अभ्यास शुरु गरेको थियो । अभ्यासको क्रममा गएको २४ घन्टामा चीनको जे–१ लडाकु विमान ताइवानको हवाई रक्षा पहिचान क्षेत्रमा छिरेको बताइएको छ । चीनको जे–१५ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा छिरेको यो पहिलो पटक हो ।  ताइवानको रक्षा मन्त्रालयका अनुसार उसको हवाई क्षेत्रमा पीएलएका ७० ओटा विमान र ११ ओटा जहाज छिरेको छ । ताइवानको पूर्वपट्टि प्रशान्त महासागरबाट ८० ओटा चिनियाँ लडाकु विमानहरूले उडान र अवतरण गरेको आफ्नो सेनाले देखेको भन्दै जापानको ज्वाइन्ट चिफ्स अफ स्टाफसले पनि पुष्टि गरेको छ । जापानले पनि आक्रमणको प्रतिक्रियामा आत्मरक्षा बलको लडाकु विमानहरू तयार पारेर राखेको थियो ।  लडाकु विमानबाहेक पनि चीनको जलसेनाको ११ ओटा युद्धपोत जहाजहरूलाई पनि ताइवान आसपास तैनाथ गरिएको भन्दै सञ्चारमाध्यमहरुले समाचार छापेका छन् । यो अभ्यासलाई चीनले ताइवानलाई घेर्ने शैलीमा गरिएको अभ्यास (maritime blockades)को रूपमा हेरिएको छ । एजेन्सी