ताइवान पुगेर फर्कियो अमेरिकी सांसदको अर्को टोली, ताइवान आसपास पीएलएको सैन्य अभ्यास

ताइवानमा फेरि अमेरिकी सांसदहरु पुगेर फर्किएका छन्। सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेको १२ दिनपछि अमेरिकी सांसदहरुको टोली आइतवार राति ताइवान पुगेका हुन्। उनीहरु २० घण्टा ताइवानमा बिताएर फर्किएका छन्।  ताइवानमा पुगेको सिनेटको परराष्ट्र मामिला समितिको एसिया-प्यासिफिक समूहका प्रमुख इडी मार्केको नेतृत्वको टोलीले त्यहाँकी नेतृ त्साइ इङ-वेनसँग भेट गरेको ताइवानको लिबर्टी टाइम्सले जनाएको…

सम्बन्धित सामग्री

ताइवानलाई तर्साउन झनै आक्रामक बन्यो चीन

काठमाडौं । चीन (China) को पिपुल्स लिबरेशन आर्मीको जलसेनाले पहिलो पटक ताइवान (Taiwan) माथि simulated strikes by aircraftको अभ्यास गरेको छ । ताइवान आसपासको सैन्य अभ्यास तेस्रो दिन पनि जारी रहँदा सोमवार भने चीनले पूर्वतिरबाट ताइवानमाथि नक्कली हवाई हमलाको अभ्यास गरेको हो ।  ताइवानका राष्ट्रपति आफ्नो १० दिने अमेरिका (America) भ्रमण सम्पन्न गरेर फर्किएपछि चीनले आफ्नो शक्ति प्रदर्शन तीव्र पारेको हो । यस अभ्यासमा दर्जनौं लडाकु विमान र युद्धपोतको प्रयोग गरिएको छ । यसबारे सोमवार नै ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरेको छ । चीन सेनाले ती दिने सैन्य अभ्यासको तयारीको घोषणा गरेको थियो ।  ताइवानी राष्ट्रपति साई इ–वेन मध्य अमेरिका र अमेरिकाको भ्रमण सकेर शुक्रवार मात्रै ताइवान आएका थिए । सोको एक दिनपछि शनिवार चीनले अभ्यास शुरु गरेको थियो । अभ्यासको क्रममा गएको २४ घन्टामा चीनको जे–१ लडाकु विमान ताइवानको हवाई रक्षा पहिचान क्षेत्रमा छिरेको बताइएको छ । चीनको जे–१५ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा छिरेको यो पहिलो पटक हो ।  ताइवानको रक्षा मन्त्रालयका अनुसार उसको हवाई क्षेत्रमा पीएलएका ७० ओटा विमान र ११ ओटा जहाज छिरेको छ । ताइवानको पूर्वपट्टि प्रशान्त महासागरबाट ८० ओटा चिनियाँ लडाकु विमानहरूले उडान र अवतरण गरेको आफ्नो सेनाले देखेको भन्दै जापानको ज्वाइन्ट चिफ्स अफ स्टाफसले पनि पुष्टि गरेको छ । जापानले पनि आक्रमणको प्रतिक्रियामा आत्मरक्षा बलको लडाकु विमानहरू तयार पारेर राखेको थियो ।  लडाकु विमानबाहेक पनि चीनको जलसेनाको ११ ओटा युद्धपोत जहाजहरूलाई पनि ताइवान आसपास तैनाथ गरिएको भन्दै सञ्चारमाध्यमहरुले समाचार छापेका छन् । यो अभ्यासलाई चीनले ताइवानलाई घेर्ने शैलीमा गरिएको अभ्यास (maritime blockades)को रूपमा हेरिएको छ । एजेन्सी