खानेपानी मन्त्री उमाकान्त चौधरीले वर्षायाममा बाढीले आयोजन स्थलमा क्षति नगरे वर्षा सकिएलगत्तै काठमाडौंमा मेलम्चीको पानी आउने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै मन्त्री चौधरीले वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिए बितिकै पानी सञ्चालन गर्न सकिने बताएका छन् । मन्त्री चौधरीले मेलम्ची जलाधारमाथि करोडौं घनमिटर गेग्रान थुप्रिएर बसेको बताए । वर्षाको बेला लेदोको रुपमा बग्ने सम्भावना रहेको