नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले मुलुकमा आर्थिक सङ्कट देखिनुमा अघिल्लो (केपी ओली नेतृत्वको ) सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् । उनले अर्थतन्त्रमा समस्या रातारात नआएको भन्दै एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीले समस्या भएको बताएका हुन् ।मंगलबार संवाद डबलीमा भएको कार्यक्रममा नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाही जायज भएको दाबी समेत गरे । उनले अहिले देखा परेको अर्थतन्त्रक