संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसङ्घको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।