काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ छन्। उपचारका लागि उनलाई धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ। तर, देशको प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे यकिन जानकारी भने सार्वजनिक भएको छैन।
बुधवार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंह र उपचाररत् अस्पताल ग्रान्डी अस्पतालको तर्फबाट विज्ञप्ति जारी भयो जसमा उनी सामान्य उपचारका लागि