मूल्य अभिवृद्धि कर नियमावली–०५३ मान्ने हो भने सर्वसाधारणले रेस्टुराँमा ‘मेनु प्राइस’ बाहेक अन्य कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन । तर तपाईंहरूले पक्कै होटल–रेस्टुराँमा ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नुभएको छ । केही अपवादबाहेक धेरैजसो होटल–रेस्टुराँले सेवा शुल्क र भ्याट असुलिरहेका छन् ।